Wednesday , 19 June 2013
Latest News
You are here: Home » News

Category Archives: News

इटहरीमा खानेपानी महसुल वृद्धिको विरोध

khanepani

१९ जुन । खानेपानीको महसुल वृद्धि गरेको विरोधमा उपभोक्ताहरुले इटहरीस्थित साना शहरी खानेपानी तथा उपाभोक्ता संस्थामा तालाबन्दी गरेका छन् । विनाकारण पानीको मुल्य बृद्धि गरेर उपभोक्ताको ढाड सेक्न काम गरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका हुन । खानेपानि संस्थाले साउन १ गतेबाट लागू हुने गरि न्युनतम महसुलमा वृद्धि गर्ने जनाएको थियो ।संस्थाले न्युनतम महसुलको ग्राहस्थमा १० ... Read More »

बाढी–पहिरो पीडितको उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन निर्देशन

rahat ghoshana

१९ जुन । सरकारले बाढीपहिरो पीडितको उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बुधबार विहान वालुवाटारमा बसेको विपद् व्यवस्थापनलगायत सरोकारवाला पक्षहरूसँगको आकस्मिक बैठकले सुदूरपश्चिमका पाढीपहिरो प्रभावितलाई तत्काल राहत दिने निर्णय गरेको हो । बैठकले ज्यान गुमाएकाको परिवारलाई प्रतिमृतक ४० हजारका दरले राहत वितरण गर्न निर्देशन दिएको छ । बैठकपछि गृहमन्त्री माधवप्रसाद घिमिरेले ... Read More »

कैलालीका बाढी पीडितलाई हेलिकोप्टरबाट उद्धार

sena uddar

१९ जुन । कैलालीको धनसिंहपुर गाविस श्रीलंका मल्लाहटोलका बाढी पीडितलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मल्लाहटोलका २२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी राहत सामाग्री वितरण गरिएको हो । अविरल वर्षापछि आएको बाढीले कैलालीमा २ हजार भन्दा घरपरिवार प्रभावित भएका छन् । रेडक्रस कैलालीका अनुसार तीमध्ये ६ सय ३ घरपरिवार विस्थापित भएका छन् । प्रारम्भिक तथ्यांक अनुसार धनसिंहपुरमा २ सय ... Read More »

चुनावी वातावरण बनाउन दलहरुलाई रेग्मीको आग्रह

Khilraj regmi

१९ जुन । अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक दलहरुलाई चुनावको वातावरण बनाउन आग्रह गर्नुभएको छ । नेपाल स्काउटको ६१ औ स्थापना दिवसमा अध्यक्ष रेग्मीले मंसिर ४ गते हुने दोस्रो संविधानसभाको चुनावका लागि वातावरण बनाउन आग्रह गर्नुभएको हो । उहाँले सरकार गठन भएको तीन महिनामा निर्वाचन अध्यादेश जारी, मतदाता नामावली संकलन लगायतमा काम गरेको दाबी गर्नुभयो । अध्यक्ष रेग्मीले ... Read More »

अध्यादेश जारी नगर्दा शिक्षा क्षेत्रमा समस्याः डा. भट्टराई

baburam bhattarai

१९ जुन । एकीकृत माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफूले पठाएको अध्यादेश राष्ट्रपतिले जारी नगर्दा शिक्षा क्षेत्रमा समस्या देखिएको बताउनु भएको छ । अखिल क्रान्तिकारीले बुधबार काठमाडौमा गरेको कार्यक्रममा उपाध्यक्ष भट्टराईले नौ महिनासम्म राष्ट्रपतिले अध्यादेश जारी नगर्दा शिक्षा क्षेत्रमा समस्या गरेको बताउनु भएको हो । उहाँले राजनीति जस्तै पुरानो सत्ता ध्वस्त पारेर नयाँ सत्ता स्थापना गरे मात्र शिक्षा क्षेत्रमा सुधार ... Read More »

नीतिगत अस्पष्टताका कारण उच्च शिक्षा सवल हुन सकेन

sikchhya

सरोकारवालाहरूले नीतिगत अस्पष्टता र शिक्षा ऐनको अभावका कारण उच्च शिक्षा सबल हुन नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा बुधबार भएको कार्यक्रममा उनीहरूले उच्च शिक्षाको भविष्यको लागि स्पष्ट नीति र शिक्षा ऐनको आवश्यकता रहेको बताएका हुन् । कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव डा सोमराज सुवेदीले शैक्षिक संस्थाहरुले मापदण्ड पालना नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षाविद्हरुले शिक्षामा राजनीति गर्न नहुने भन्दै भड्किला ... Read More »

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुग्यो

india flood final

१९ जुन । भारतको उत्तराखण्डमा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या एक सय ३१ पुगेको छ । उत्तराखण्डको केदारनाथमा मात्रै ५० जनाको मृत्यु भएको छ । चारधामको यात्रामा गएका ६० हजार भन्दाबढी तीर्थयात्री अलपत्र परेका छन् । केदारनाथको मुख्य मन्दिर बाहेक सम्पूर्ण क्षेत्र बाढीले बगाएको छ । त्यस्तै, उत्तर प्रदेशको साहारापुर जिल्लामा समेत २२ जनाको मृत्यु भएको छ । Read More »

ब्राजिलमा प्रदर्शन रोक्न सेना परिचालन गर्ने तयारी

brazil

१९ जुन । ब्राजिल सरकार विरोधी प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सेना परिचालन गर्ने तयारी गरेको छ । उचित सार्वजनिक सेवाको माग गर्दै लाखौं प्रदर्शनकारीहरु सडकमा उत्रिएपछि सरकारले विभिन्न ५ वटा शहरमा सेना परिचालन गर्ने तयारी गरेको हो । रियो दि जेनेरियो, मिनास गिराईस, बाइया, सेरा लगायतमा राष्ट्रिय सुरक्षाबलका सेना परिचालन गर्ने तयारी भएको ब्राजिलको न्याय मन्त्रालयले जनाएको छ । ब्राजिलमा ... Read More »

भेनस विलियम्सले बिम्वल्डन टेनिस नखेल्ने

venus williams

१९ जुन । अमेरिकी भेनस बिलियम्सले यही जुन २४ देखि सुरु हुने बिम्वल्डन टेनिस प्रतियोगिता नखेल्ने बताएकी छिन । पाँच पटकका बिम्वल्डन च्याम्पियन विलियम्सले आफ्नो चोटका कारण बिम्वल्डन टेनिसमा सहभागी नहुने बताएकी हुन् । ३३ वर्षीया भेनसले गत महिना सम्पन्न भएको फ्रेन्च ओपन टेनिसमा पनि सहभागिता जनाएकी थिइनन् । पूर्व विश्व नम्बर एक भेनसले यो प्रतियोगिताको उपाधि पाँच पटक जितेकी ... Read More »

जातीय मुक्ति मोर्चा र सरकारबीच ५ वुँदे सहमति

jatiya mukti morcha

१९ जुन । लामो समयदेखि भुमिगत रुपमा संघर्ष गरिरहेको संयुक्त जातिय मुक्ति मोर्चा हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आउने भएको छ । मंगलबार साँझ काभ्रेको धुलिखेलमा भएको सरकारसँगको वार्तामा सहमति गर्दै मोर्चा शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो । सरकार र मोर्चाबीच पाँचवुँदे सहमतिसमेत भएको छ । सहमतिपत्रमा संयुक्त जातीय मुक्ति मोर्चाको नेपाल शान्तिपूर्ण राजनीतिमा आउने प्रतिवद्धता व्यक्त गर्नुका साथै सरकारबाट ... Read More »

बाढी -पहिरो पीडितका लागि सरकारबाट राहत घोषणा

madhav ghimire

१९ जुन । सरकारले बाढी–पहिरोबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप तत्काल प्रतिव्यक्ति ४० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीको आव्हानमा बुधबार विहान बसेको आकस्मिक बैठकले मूलुकका सुदुर तथा मध्यपश्चिमका बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत सामाग्री पुर्‍याउने निर्णय गरेको हो । बाढी–पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न, औषधी, खानेपानी, लत्ताकपडा लगायत सामाग्री तत्काल पठाउन राज्यका ... Read More »

राप्रपा नेपालले संविधानसभाको चुनावमा अप्रत्यासित नतिजा ल्याउँछः कमल थापा

kamal thapa

१८ जुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आप्mनो पार्टीले आगामी चुनावमा अप्रत्यासित नतिजा ल्याउने दावी गर्नुभएको छ । हेटौडामा आज संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले यसपालीको चुनावमा जनताले राप्रपा नेपाललाई नसोचेको परिणाम दिने बताउनुभयो । प्रमुख राजावादी दल भएकाले जनतासँगै राप्रपा नेपालप्रति पूर्व राजा ज्ञानेन्द्रको समेत सद्भाव रहनेमा आफु विश्वस्त रहेको थापाको भनाई थियो । अध्यक्ष थापाले आगामी चुनावमा ... Read More »

अब कहिले पनि गर्भवती हुन्नः किम कार्दशियन

kim

१८ जुन । चर्चित मोडल तथा रियालिटी स्टार किम कार्दशियनले डाक्टरले भनेको मिति भन्दा करिब १ महिना अघि नै छोरीलाई जन्म दिएकी छिन् । डाक्टरले उनलाई ११ जुलाईको मिति तोकेका थिए । छोरीलाई जन्म दिनुअघि किमले निक्कै पिडा महशुश गरेकी थिइन् । उनको साथमा उनका प्रेमी पनि सँगै रहेको बताइएको छ । किमले छोरी जन्माएपछि भनिन्, ‘अब म कहिले पनि ... Read More »

काठमाडौँमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल सुरु

african film

१८ जुन । काठमाडौँमा मङ्गलबारदेखि नेपाल–अफ्रिका फिल्म फेस्टिबल सुरु भएको छ । दुई देशबीचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले फिल्म फेस्टिबल आयोजना गरिएको हो । रसियन कल्चर सेन्टरमा विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म फिल्म प्रदर्शन गरिने नेपाल अफ्रिका फिल्म फेस्टिबलकी निर्देशक मञ्जु मिश्रले जानकारी दिनुभयो । बिहीबारसम्म चल्ने फेस्टिबलमा ८ देखि १० वटा अफ्रिकाका फिल्म, ३ वटा नेपाली फिल्म, ३ ... Read More »

माथिल्लो तामाकोसी डबल-सर्किट प्रसारणलाइन निर्माण सुरु हुने

vidyut

१८ जुन । यसपालिको वर्षा समाप्तिसँगै २ सय २० केभी माथिल्लो तामाकोसी डबल सर्किट प्रसारणलाइन निर्माण सुरु हुने भएको छ। दोलखा लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादन गरिने विद्युत खिम्तीसम्म लान प्रसारणलाइन निर्माण गर्न लागिएको हो। ‘कानुनी र प्राविधिक काम अघि बढिरहेका छन्,’ आयोजनाका निमित्ति प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने, ‘सर्भे, जग्गा अधिग्रहणजस्ता काम भइरहेका छन्। ... Read More »

  • Google Inc900.62+14.37 - +1.62%
  • Yahoo26.66+0.12 - +0.45%
  • Apple431.77-0.23 - -0.05%
  • New York & Co.6.16+0.31 - +5.30%
  • Amazon281.76+3.70 - +1.33%
  • US Dollar to Nepali Rupee93.30
  • Australian Dollar to Nepali Rupee88.3271
  • European to Nepali Rupee124.9287
  • WP Stock Ticker
 

DISTINGUISHED MEMBERS

 

Scroll To Top