मुलखबर

रुसी कन्सुलेट बन्द गर्न अमेरिकी आदेश

4 weeks ago

अमेरिकाले रुसलाई स्यान फ्र्यान्सिस्कोमा रहेको कन्सुलेट र दुईवटा व्यापार नियोगहरु बन्द गर्न आदेश दिएको छ। कन्सुलेट तथा न्यूयोर्क र वाशिङटनमा रहेका कार्यालयहरु शनिबारदेखि बन्द हुनुपर्ने बताइएको छ। रुसले गत महिना मस्कोबाट अमेरिकी कर्मचारीहरुलाई फिर्ता पठाइदिएपछि अमेरिकाको विदेश मन्त्रालयले..

‘प्रतिबन्धित भारु सटहीबारे पुन: वार्ता’

4 weeks ago

भारतले प्रतिबन्ध लगाएपछि नेपालमा लामो समयदेखि अलपत्र रहेका पाँचसय र एक हजार दरका भारतीय ब्यांक नोट साट्ने प्रयास पुन: थालिने नेपाली अधिकारीहरुले बताएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली पक्षले प्रतिबन्धित नोट सटही गर्ने विषय उठाएको थियो। भारतीय अर्थमन्त्रीले दुवै पक्षले वार्ता..

बदलिएको शरणार्थी जीवन

4 weeks ago

नेपालको शरणार्थी शिविरमा वर्षौं विताएपछि पश्चिमा देशमा पुनर्स्थापित भएका भुटानीहरुको बदलिएको जीवन देखाउने तस्वीरहरु। BBC वर्षौंसम्म नेपालका विभिन्न शिविरमा शरणार्थीको जीवन विताएका दशौं हजार भुटानी अहिले तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम अन्तर्गत विभिन्न पश्चिमा देश पुगेका छन्।..

टेक्ससको रासायनिक केन्द्रमा विस्फोट

4 weeks ago

  बाढी प्रभावित अमेरिकी शहर ह्युस्टन नजिकको एउटा रासायनिक केन्द्रबाट विस्फोटको आवाज सुनिएका छन्। आपतकालीन सेवाका अधिकारीहरुले क्रोस्बीस्थित आर्केमा रासायनिक केन्द्रबाट दुईवटा विस्फोटको आवाज आएको र कालो धुवाँ निस्किएको विवरण दिएका छन्। आँधी हार्भीले निम्त्याएको भीषण वर्षापछि उक्त केन्द्रले..

अमेरिका: कमजोर एनआरएन, मजवुत स्थानीय संस्था

4 weeks ago

यो प्रवासी भूमिमा मैले हजार दिन विताएछु। यो समयभरी मैले धेरथोर समाजसेवाको नाममा काम गर्ने र साच्चै समाज सेवा गर्नेहरुसँग पनि समय बिताउने मौका पाएँ। यो तिनवर्षको अवधिमा कसैसँग करवलले त कसैसँग जाँगरले करिव ३ हजार घण्टा समाजसेवामा लाग्न आतुर रहने एनआरएनहरुसँग समय खर्च गरे छु। यीँ सम्वादका घटनाक्रम..

अमेरिकी हवाई कारबाहीमा एकै परिवारका तेह्रको मृत्यु

4 weeks ago

पुलीअलाम (अफगानिस्तान), १५ भदौ । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस हवाई कारबाहीमा मारिएका एकै परिवार १३..

न्युयोर्कका मनकारी नेपाली

4 weeks ago

(मधुकर अधिकारी) वासिङ्टन डिसी, १५ भदौ । चितवन घर भएका रवि कोइराला अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिब १३ वर्ष भयो । यो समयमा उहाँले कति रकम आम्दानी गर्नुभयो कुनै लेखाजोखा छैन । तर मनकारी स्वभावका कोइराला साथीभाइसँग ठट्यौली पाराले भन्ने गर्नुहुन्छ, “जीवनमा आम्दानी गर्नु कुनै ठूलो कुरो होइन, जीवनको..

बार्सिलोनाका मुस्लिम नागरिक बिस्तारै बाहिर निस्किन थाले

4 weeks ago

बार्सिलोना, १५ भदौ । स्पेनको बार्सिलोना सहरमा गएको करिब १० दिनअघि भएको आतङ्ककारी हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएपछि यहाँका मुस्लिम नागरिकमा ठूलो त्रास छाएको थियो । त्यहाँ भएको सो हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको थियो । त्यस्तै अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए । सो हमलाका कारण..

बाढी प्रभावित २३ जिल्लामा एनटिसीद्वारा निःशुल्क सिमकार्ड वितरण

4 weeks ago

भदौ १५, २०७४ काठमाडौं : नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा यही भदौ १२ गतेबाट..

नारायणगढ–मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने

4 weeks ago

चितवन, १५ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक..

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

4 weeks ago

मुम्बई, १५ भदौ । भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ । मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np