मुलखबर

गोर्खाल्याण्ड आन्दोलन : विमल गुरुङले भने, ‘जीटीए च्याप्टर क्लोज’

1 day ago

अलग राज्य गोर्खाल्याण्ड आन्दोलनका अगुवा नेता विमल गुरुङले गोर्खाल्याण्ड टरिटोरियल एड्मिनिष्ट्रेसन (जीटीए) सभा त्यागेर आन्दोलनमा उत्रने घोषणा गरेका छन् । आन्दोलन चर्किएपछि अर्ध भूमिगत बनेका गुरुङले गोप्य स्थलमा भारतीय पत्रकारहरुसँगको कुराकानीमा भने,‘अव जीटीएको  च्याप्टर क्लोज भयो ।’ सन् २०११..

दमकल गाडी तोडफोड

1 day ago

भद्रपुर, ९ असार । आगो निभाउन आएका भद्रपुर नगरपालिकाका दमकलमा तोडफोड भएको छ । गएराति करिव ९ बजे आगो लागेको सूचनाका आधारमा गएको सो दमकललाई केही उछृङ्खल युवाले ढुंगा हानेर अगाडिको सिसा तोडफोड गरेको भद्रपुर नगरपालिकाका दमकल शाखाले जनाएको छ । तोडफोडका क्रममा एक जना कर्मचारीको पनि चोटपटक लागेको छ..

ओखलढुंगाको राजनीतिक सन्देश

1 day ago

असार ९, २०७४- नेपाली राजनीतिको निराशाजनक समाचार सुन्न, देख्न र भोग्न बाध्य मजस्ता धेरै पाठकलाई शुक्रबार पृष्ठ ९ मा प्रकाशित ‘साथीको साइनो बलियो’ समाचारले आनन्दित बनायो र केही प्रतिक्रिया लेख्न मन लाग्यो । सधैंजसो एकअर्कालाई कटाक्ष गरी वा अरूलाई गालीगलौज गरी आफूमाथि जान खोज्ने प्रवृत्ति नेपालका..

विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

1 day ago

(सोलुखुम्बु (सल्लेरी),  खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले..

ट्रक दुर्घटनामा तीनको मृत्यु

2 days ago

मलेखु (धादिङ), ९ असार । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडाँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिँएर दुर्घटना भएको हो..

बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरू

2 days ago

दोस्रो चरणको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकामा राजनीतिक दलले उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् । स्थानीय तहको दोस्रो निर्वाचन यही असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा हुँदै छ । प्रदेश नम्बर २ को निर्वाचन असोजमा सारिएको छ । बुटवल उपमहानगरका भावी मेयरका यस्ता छन् एजेन्डा विकासमा..

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक : नेता खनाल

2 days ago

इलाम, ९ असार । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभएको छ । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन..

एक हजारको मोबाइल किन्दा पाँच हजारको गिफ्ट

2 days ago

एसइई दिएकालाई सेल्फी स्टिक सित्तैमा केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोमा एक हजारको मोबाइल किन्दा पाँच हजारबराबरको गिफ्ट ह्याम्पर पाइने मोबाइल हबले जनाएको छ । हबका प्रबन्ध–निर्देशक अलाइभ ग्लाइडरले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोनको खरिदमा एक लाखभन्दा बढी भ्यालु भएको गिफ्ट ह्याम्पर..

जनावरको अंगप्रत्यंग जलाउन १ करोडभन्दा धेरै खर्च

2 days ago

हतारहतारमा तामझामसहित कार्यक्रम गर्दा खर्च बढ्यो – जंगली जनावरका अंगप्रत्यंग (अखेटोपहार) जलाउन १ करोडभन्दा धेरै खर्च भएको छ । चोरी–तस्करी गर्ने गिरोहबाट बरामद भएका ४ सय १२ प्रकारका अखेटोपहार जलाउन सो रकम खर्च भएको हो । अखेटोपहार जलाउन सबै खर्च आइएनजिओले गरेको पाइएको छ । तर, वन तथा भूसंरक्षण..

नारायणगढ मुग्लिन पहिरोमा परेकाको दुई शव भेटियो

2 days ago

चितवन, ९ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँगै त्रिशूलीमा खसेको प्रहरी भ्यानका दुई प्रहरीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी..

युवतीलाई सामूहिक बलात्कार गरेका चार युवक पक्राउ

2 days ago

गौशाला, ९ असार । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np