नेपालमा आज

माइक्रोबसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, पाँच घाइते

2 months ago

मलेखु (धादिङ), २३ जेठ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन..

यातायातमा ज्येष्ठ नागरिकलाई सुविधा माग

2 months ago

पोखरा, २३ जेठ । महिला तथा बालबालिका कार्यालय कास्कीले चार हजार ३५३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । सामाजिक सुरक्षामा ज्येष्ठ नागरिकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने सरकारको निर्णयसँँगै ज्येष्ठ नागरिकमा परिचयपत्रप्रति आकर्षण बढ्दै गएको छ । महिला तथा बालबालिका कार्यालय कास्कीका..

नेपाल चीन सम्बन्ध नयाँ उचाइमा

2 months ago

काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्री महराले परम्परागत नेपाल–चीन सम्बन्ध पछिल्ला दिनमा अझ विस्तारित..

मेलम्ची आयोजना समयमै सक्न आग्रह

2 months ago

काठमाडौँ, २३ जेठ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजनालाई समयमा सक्नका लागि कुनै पनि पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ । मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा काठमाडौँ उपत्यकामा छिटो खानेपानी ल्याउन तोकिएकै समयमा..

खेलकुद नीति २०६७ परिमार्जनका अन्तिम चरणमा

2 months ago

काठमाडौँ, २३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले एक वडा दश युवा तथा एक उद्यम कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा नमुनाका रुपमा सञ्चालन गरेको छ । त्यसबाट दुई हजार ४०० लाभान्वित भएको जनाइएको छ । मन्त्री दलजित श्रीपाइलीले गत साउन २० गते मन्त्रालयको नेतृत्व गरेपछि अहिलेसम्म गरिएका विभिन्न कार्यक्रमको..

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2 months ago

बर्दिया, २३ जेठ । ट्र्याक्टरको ठक्करबाट यहाँ आज बिहान एक जनाको मृत्यु भएको छ । राजापुरबाट पाताभारतर्फ गइरहेको से १ त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका– १ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से ५ प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक..

गोसाइँकुण्डको भेटी रु ३० लाख

2 months ago

रसुवा, २३ जेठ । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो । पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो । यही जेठ १२ देखि २१ गतेसम्म..

घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु

2 months ago

दमक, २३ जेठ । आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन् । सोमबार साँझ ६ बजेतिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो ।..

कालीगण्डकी करिडोर आएपछि खुसीयाली

2 months ago

बागलुङ, २३ जेठ । घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग हुनुहुन्छ । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भन्नुभयो “नचिताएको ठाउँमा बाटो आयो ।” राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा..

काँग्रेसबाहेक सबै दलले उम्मेदवार टुङ्गो लगाए

2 months ago

दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली काँग्रेसबाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । विशेष गरी यी स्थानीय तहमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपासहित ससाना दलले उम्मेदवार टुङ्गो लगाएका छन् । यद्यपि..

पुरानै स्थानीय तहमा मात्र चुनाव गर्न सकिन्छ – निर्वाचन आयोग

3 months ago

१ जेठ, काठमाडौं । निर्वाचन आयोगले ४६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । सरकारले हालै मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । त्यस..

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np