बिग एप्पलबाट बिम्बाकाश लिएर वर्तिका

प्रकाशित मिति: Apr 10, 2016  

मिस नेपाल युएस २०१३ वर्तिका राई गीति संग्रह बिम्बाकाश लिएर नेपाली सांगीतिक बजारमा अाएकी छन् । आफैंले लेखेका र संगीत भरेका ६ वटा गीतकाे बिम्बाकाश उनले विग एप्पल न्यूयोर्कबाटै सार्वजनिक गरेकी हुन् ।

जर्जियास्थित वेस्लेयन कलेजमा वाणिज्य संकायकी विद्यार्थी वर्तिका आफू यथार्थवादी धारकी संगीत विध्यार्थी भन्न रूचाउँछिन् ।

सात वर्षको उमेरमै काठमाडौंको बूढानीलकण्ठ स्कूलको कार्यक्रममा पहिलोपल्ट गाएर संगीत साधाना सुरू गरेकी वर्तिकाले गुरुदेव कामत र श्रुति प्रधानसँग संगीतको औपचारिक ज्ञान हासिल गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np