लिफ्ट माग्दा आकर्षित भएँः रिस्ता

प्रकाशित मिति: Apr 7, 2016  

पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ अनुहारको बाढी आएको छ । खहरेको भेल झैँ रजतपटमा हेलिएकामध्ये धेरै असफल हुन्छन्, थोरै सफल । कुशल अभिनय क्षमताका कारण रजतपटमा पौडिएर आफ्नो अलग्गै पहिचान बनाउने नायिका निक्कै थोरै छन् । तिनैमध्ये एक हुन् रीस्ता बस्नेत । चलचित्र ‘होस्टेल’ बाट फिल्मी यात्रा प्रारम्भ गरेकी रीस्ताले छोटो अवधिमै सातवटा फिल्ममा काम गरिसकेकी छन् । भने थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छन् । उनै नायिका रीस्ता बस्नेतसँग रेजिना पाण्डेले गरेको कुराकानी :

तपाईंले अभियन गरेका पछिल्ला फिल्म ‘रिफ्युजी’ र ‘आधा पेज’ कस्तो खालका चलचित्र हुन् ?
दुवै सामाजिक कथावस्तु बोकेका चलचित्र हुन् । कथावस्तु निक्कै मार्मिक र मन छुने खालको भएका कारण दर्शकको अपार माया पाउने मलाई विश्वास छ । मलाई मात्र होइन, फिल्मको पूरै युनिट विश्वस्त छ ।

नेपाली फिल्म उद्योगमा आउन गाह्रो भएन ?
अरु धेरैले जस्तो मैले संघर्ष गर्नु परेन कि भन्ने मलाई लाग्छ ।

किन नि ?
मेरो ममी विपना बस्नेतका कारणले । उहाँ ब्युटिसियन, निर्माताका साथै राम्रो कलाकार पनि हुनुहुन्छ । उहाँकै प्रेरणाले चलचित्र ‘होस्टेल’मा काम गरेँ । त्यसपछि निरन्तरर काम पाइरहेको छु ।

यो क्षेत्रमा आउने रहर थियो कि ममीको कर ?
सानैदेखि बाबाममीले गरेको काम रमाइलो लाग्थ्यो । तर, यही क्षेत्रमा आवद्ध हुन्छु भन्ने चैँ लागेको थिएन । ममीको चैँ ठूलो रहर थियो, यो क्षेत्रमा लागेर राम्रो काम गरोस् भन्ने ।

पूरै परिवार नै कलाक्षेत्रमा हुनुहुन्छ ?
हो, मेरो बाबा दीपक क्षेत्री पनि राम्रो कलाकार हुनुहुन्छ । दाई पनि यही क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

नायिका भएपछि के पाए जस्तो लाग्छ तपाईंलाई ?
नाम, राम्रो कलाकारको उपाधि पाएको छु ।

पारिश्रमिक नि ?
पहिलो चलचित्र होस्टलमा चैँ सन्तुष्ट थिइनँ । बाँकी सबैमा लिएको पारिश्रमिकबाट सन्तुष्ट छु ।

नायिका बन्न अश्लिल फोटो सुट कत्तिको आवश्यक छ ?
यो क्षेत्र ग्लामरस क्षेत्र भएकाले धेरैले त्यसो गर्छन् । म यसलाई आआफनो इच्छामा निर्भर हुन्छ भन्ने ठान्दछु ।

तपाईंले चाहीँ किन गर्नुभयो नि ?
मैले त्यस्तो फोटो सुट गरेको थिइनँ । तर, एडिट हुँदा ग्लामरस फोटो आयो । यो विषयमा मेलै विवाद पनि गरेको थिएँ ।

मनपर्ने नेपाली नायक–नायिका ?
धैरैजना हुनुहुन्छ । नायिकामा नम्रता श्रेष्ठ र नायकमा सौगात मल्ल विशेष मनपर्छ ।

इन्धन अभावको समस्या कत्तिको झेल्नुभएको छ ?
धेरै गाह्रो छ । सडकमा लिफ्ट मागेर हिँडिरहेको छु । भनेको बेला गाडी चढ्न सकिँदैन । पन्ध्र मिनेटमा हुने कामको लागि दुई तीनघण्टा नै खचिन्नुपर्छ ।

लिप्ट माग्दा नराम्रो नजरले त कसैले हेरेका छैन नि ?
धेरैपटक लिफ्ट मागिसके । तर, अहिलेसम्म नराम्रो नजरले कसैले हेरेका छैनन् ।

लिफ्ट माग्दा कोही मन पर्‍यो कि ?
अरु धेरैको त अनुहार पनि हेरिएन । अर्धकट्टी चलचित्रको प्रचार प्रशारको क्रममा ज्ञानेश्वरबाट सेतो गाडीमा लिफ्ट मागेको थिएँ । कुरा गर्दैजाँदा थाहा भयो, उनी डाक्टर रहेछन् । बोलीचाली र पर्सनालिटीले चैँ मलाई आकषर्ण गरेको थियो ।

ब्वाई फ्रन्ड बनाउनु भएको छ नि छैन ?
छैन । अब बनाउनुपर्ला । अब त ब्वाइफेन्ड पनि कि त पेट्रोल पम्मको साहुको छोरा या ग्यास उघोग व्यापारीको छोरालाई नै बनाउनुपर्ला जस्तो छ ।

यो समस्याको सामाधान कसरी गर्नुपर्ला ?
सबैजना मिलेर नै समाधानको उपाय खोज्नुपर्छ । लामो समयसम्म यही अवस्था राख्दा सामान्य जनताको जीवन धेरै कष्टकर भइसकेको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np