धिरजसँग कुरा मिलेन, डिभाेर्स भयाेः छुल्ठिम

प्रकाशित मिति: Apr 7, 2016  

छुल्ठिम गरुङ, नवनायिका 
रेडियोको कार्यक्रम प्रस्तोता हुँदै कला क्षेत्रमा प्रवेश गरी नायिकाको परिचय बनाएकी छुल्ठिम गुरुङले पहिलो चलचित्रको कामबाटै प्रशंसा कमाइन् । बहुप्रतीभाकी धनी यी नायिकाले आफ्नो कला गायन क्षेत्रमा पनि देखाइसकेकी छन् । हालै मात्र उनको गीत सार्वजनिक भएको छ । केही समयअघि चर्चित गायक धिरज राईसँगको दाम्पत्य सम्बन्ध विच्छेद गरेकी छुल्ठिमसँग रेजिना पाण्डेले गरेको कुराकानी :

आफ्ना कामबाट कत्तिको सन्तुष्ट हुनुुहुन्छ ?
सन्तुष्ट छु । विभिन्न कार्यक्रमका लागि नेपालबाहिर गइरहेको छु । डान्सहरु गर्छु । अहिले म्युजिक भिडियोतिर पनि काम छ, संगीततिर पनि हात हालेको छु । भर्खर मात्र गीतको भिडियो दुवईमा सुटिङ गरेँ । अहिले नयाँ चलचित्रको कामका लागि कुराकानी भइरहेको छ ।

तपाईं कार्यक्रमहरूको ‘एमसी’ पनि गर्नुहुन्छ । पैसा राम्रै दिन्छन् ?
दिन्छन् । अहिलेसम्म चित्त बुझेको छ । देश विदेशमा कार्यक्रम गर्न जान्छु । त्यहाँ पनि राम्रै पैसा पाउने गरेको छु ।

तपाईंको आँखा कसरी सिनेमातिर पर्‍यो ?
म टेलिभिजनमा भिजेको रुपमा काम गरिरहेको थिएँ । एकजाना साथीले चलचित्र खेल्ने अफर गर्नुभयो । मैलै पनि नाईं भन्न सकिनँ । समग्रमा चलचित्रले नै मलाई छुल्ठिम भनेर चिनायो ।

तपाईंमा योग्य नायिका हुने गुण छ जस्तो लाग्छ ?
काम गर्दै जाँदा योग्य भएँ । एउटा नायिकामा हुनु पर्ने छवि पनि बनाएँ ।

धेरै विधामा सक्रिय हुनुहुन्छ । सबैभन्दा बढी सन्तुष्टि कुन कामले दिन्छ ?
सबै उस्तै काम हुन् । सबैबाट सन्तुष्टि मिलेको छ ।

चलचित्रहरुमा कत्तिको अफर आइरहेका छन् ?
छन् । तर, सबलाई हेरेर काम राम्रो काम गर्ने प्रयासमा छु ।

तपाईं आफूलाई कत्तिको सुन्दरी छु जस्तो लाग्छ ?
भगवानले मलाई सुन्दर नै बनाएको लाग्छ । यसमा कुनै शंका नै छैन ।

तपाईंले अहिले गरिरहेका काममा तपाईंको सुन्दरताको भूमिका छ ?
छ तर सुन्दर भएर मात्र काम पाएको भने होइन । म आफू योग्य भएकैले धेरै काम गरेको ठानेको छु । रेडियो आरजेदेखि लिएर सिनेमासम्म आइपुग्दा सुन्दरता साथै मेहनतले पनि ठूलो काम गरेको छ ।

धिरज जीसँग १२ वर्ष जीवन बिताउनुभयो । त्यस्तो के भयो जसले प्रेम विवाहलाई पनि छुटाइदियो ?
सायद भगवानले नै हामीलाई त्यतिन्जेलसम्मका लागि साथ बस्न लेखेका थिए । एकआर्काको कुरा नमिलेपछि हामीले अलग बस्ने निर्णय गरेका हौँ । आआफ्नो काम गरेर स्वतन्त्र जीवन बाँकी रहेका छौँ ।

केही वर्ष तपाईं पूरा गृहिणीको भूमिकामा हुनुहुन्थ्यो । त्यो भूमिका कत्तिको गाह्रो थियो ?
गाह्रो नै थियो । घर परिवार मिलाएर राख्ने काम घरबाट बाहिरको कामभन्दा बढी गाह्रो हुन्छ । समाजले भन्छ घर बसेर लोग्नेको कमाइ खाइरहेको छ । मज्जा छ । तर, गृहस्थी सम्हाल्न धेरै गाह्रो छ ।  तर पनि श्रीमतिले सम्मान पाउन सक्दैनन् ।

chhulthim_sexyतपाईंको नजरमा धिरजजी कस्तो पुरुष हो ?
असल मान्छे हुनुहुन्छ । राम्रो हुनुहुन्छ ।

असल र राम्रो हुँदाहुँदै पनि किन टाढा हुनुभएको त ?
हाम्रो व्यवहार नमिलेर हो । मन नै नमिलेपछि सँगै बस्न जरुरी नलागेको हो ।

बीचमा तपाईंले गाउन पनि थाल्नुभयो । कतै धिरज जीलाई देखाउन त होइन ?
होइन । म विभित्र ठाउँ मा कार्यक्रम गर्न गइरहेको हुन्छु । त्यसमा अरुको गानामा नाच्ने गाउने गर्छु । किन आफूले नै गीत गाएर अनुभव नलिने मेरो क्षेत्र पनि यहि नै भन्ने लाग्यो ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np