कोयला भ्रष्टाचारमा भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अदालतको पूर्जी

प्रकाशित मिति: Mar 11, 2015  

manamohan Sing

२७ फागुन, काठमाडौं । कोयला घोटालामा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई केन्द्रीय जाँच व्यूरो सीबीआईको विशेष अदालतले पूर्जी काटेको छ ।

मनमोहन सहित ६ अभियुक्तलाई अदालतमा उपस्थित हुन भनिएको छ । सिंह, उद्योगपति कुमार मंगलम बिडला, पूर्व कोयला सचिव पीसी परख र अन्य थप तीन जनालाई ८ अपि्रलमा अदालत उपस्थित हुन पत्र काटिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरुमाथि आपराधिक षडयन्त्र रचेको, विश्वासघात गरेको, आर्थिक अनियमितता गरेको लगायत अभियोग लागेको छ ।

भारतीय कांग्रेस नेता मनीष तिवारीले कोयला घोटालालाई राजनीतिक रंग दिइएको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np