जित शाल्केको, रियल मड्रिड क्वाटरफाइनलमा

प्रकाशित मिति: Mar 11, 2015  

Real-Madrid-Vs-Schalke

२७ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केले रियल मड्रिडलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा शाल्केले रियल मड्रिडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

तर, समग्रमा ५-४ को जित हात पार्दै मड्रिड लगातार पाँचौ पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेग रियलले २-० ले जितेको थियो ।

रियलको घरेलु मैदानमा भएको खेलमा शाल्केले २० औं मिनेटमा फुक्सको गोलबाट अग्रता लियो । तर, यो अग्रता धेरैबेर टिक्न सकेन ।

२५ औं मिनेटमा घरेलु टोलीका लागि क्रिष्ट्रियानो रोनाल्डोले बराबरी गोल फर्काए ।

खेलको ४० औं मिनेटमा हन्टलरले शाल्केलाई फेरि अग्रता दिलाए । तर, रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकियो ।

५२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ३-२ को अग्रता दिलाए । तर, यो पनि धेरैबेर टिक्न सकेन । शेनले ५७ औं मिनेटमा शाल्केका लागि बराबरी गोल गरे ।

खेलको ८४ औं मिनेटमा हन्टलरले व्यक्तिगत दोस्रो गोल गरेपछि शाल्के ४-३ ले विजयी भयो ।

तर, पहिलो लेगमा व्यहोरेको २-० को हार शाल्केलाई महंगो शावित भयो । र, समग्रमा ५-४ को हारसँगै च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलबाटै बाहिरियो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np