स्सीलाई उछिन्दै रोनाल्डो बने सर्वाधिक गोलकर्ता

प्रकाशित मिति: Mar 11, 2015  

Ronaldo

२७ फागुन, काठमाडौं । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।

मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले लिओनल मेस्सीको कीर्तिमान तोडेका हुन् ।

खेलमा शाल्के ४-३ ले विजयी भयो । तर, समग्रमा ५-४ को जितका साथ साविकको विजेता रियल मड्रिड अन्तिम आठमा पुगेको छ ।

घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा दोस्रो गोल गरे ।

यससँगै उनले च्याम्पियन्स लिगमा सर्वाधिक ७६ गोल गरेको छन् । उनले ११५ खेलमा यो कीर्तिमान गरेका हुन् ।
बार्सिलोनाका लिओनल मेस्सीले भने ९३ खेलबाट ७५ गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np