प्रियंकाले गरेकी थिइन् ३ पटक आत्महत्या प्रयास !

प्रकाशित मिति: Apr 4, 2016  

बलिउड अभिनेत्री प्रियंका चोपडाका पूर्व व्यवस्थापकले प्रियंकाले तीनपटक सम्म आत्महत्याको प्रयास गरेको र आफूले उनलाई रोकेको दावी गरेका छन् ।

टिभी अभिनेत्री प्रत्युषा बनर्जीले आत्महत्या गरेलगत्तै प्रियंकाका पूर्व व्यवस्थापक प्रकाश जाजुले ट्विटरमा २००२ मा प्रियंकाले यस्तो प्रयास गरेको खुलासा गरेका हुन् । उनले भनेका छन्, ‘प्रियंका अहिले धेरै बलियो व्यक्तित्वजस्तो देखिन्छिन् तर पहिले त्यस्ती थिइनन् । उनका त्यसबेलाका प्रेमी असिम मर्चेन्टकी आमा मरेपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो । उनीहरुको हरेक दिनजसो झगडा पथ्र्यो । उनी बिहान २ बजे मलाई फोन गरेर रुन्थिन् ।’
dc-Cover-m60em8b7tc95pc9vh8uc6186t2-20160217233616.Medi

प्रियंकाले आफूलाई तलब नदिएको बताएपछि प्रियंकासँग जाजुको सम्बन्ध बिग्रिएको थियो । पछि प्रियंकाका पिताले जाजुले प्रियंकाको निजी जीवनमा दखल दिएको भनेर प्रहरीमा उजुरी गरेपछि जाजु दुई महिनाजति प्रहरीको हिरासतमा परेका थिए ।

प्रियंकाकी आमाले भने जाजुको दावीलाई झुटको संज्ञा दिएकी छन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np