मण्डला नाटकघरको नयाँ प्रस्तुति: नाटक इदमित्थम्

प्रकाशित मिति: Jun 16, 2016  

समय परिवर्तनशील छ । संसार परिवर्तनशील छ । सामाजिक र राजनैतिक परिवर्तनका श्रृंखलाबद्ध चरणहरुले एक पछि अर्को परिवर्तनलाई स्वीकारेर नै आजको समाज यो स्थानमा उभिएको छ । आम मानिसहरुले आत्मसाथ गरेको परिवर्तन र परिवर्तनका दर्शनहरु सबैलाई स्वीकार्य नहुन सक्छन । परिवर्तनका राजनीतिहरु र राजनीतिले निम्त्याएका परिवर्तनहरुमा असहमती रहन पनि सक्छन् ।
सरुभक्तको इदमित्थम् पनि यस्तै परिवर्तनको राजनीति र राजनीतिले निम्त्याएको परिवर्तनहरुको विषयमा लेखिएको नाटक हो । चालीसको दशकमा लेखिएको नाटकले एकजना पात्रको दृष्टिकोणबाट तत्कालिन राजनैतिक घटनाहरुमाथि टिप्पणी गरेको छ । प्रस्तुत नाटक ‘इदमित्थम: एट योर औन रिस्क’लाई मूल विषयबाट नभागीकन सान्दर्भिक बनाउन गरिएको निर्देशकीय प्रयास हो ।
समसामयिक राजनीतिक घटनाक्रम र त्यसप्रति एक जना द्वन्द्वपीडित पात्रको त्यसप्रतिको धारणालाई नाटकको कथानकमा समेटिएको छ । नाटकलाई सोमनाथ खनालले परिकल्पना तथा निर्देशन गरेका हुन् । खनालले निर्देशन गरेको नाटक ‘…र माईलो’ यसअघि मण्डला नाटकघरमा मञ्चन गरिएको थियो । सुनील पोखरेलको एकल अभिनय रहेको नाटकलाई मण्डला थिएटर नेपालको प्रेक्षालयमा असार २ गतेदेखि ११ गतेसम्म सोमबारबाहेक नियमित मञ्चन गरिनेछ । ५५ मिनेट समयावधीको नाटक मञ्चनको समय सााझ ५:३० बजे रहनेछ भने शनिवार अपरान्ह १ बजेको अतिरिक्त शो पनि रहनेछ ।

मञ्चमा: सुनील पोखरेल मञ्च परिकल्पना: राजन खतिवडा, सोमनाथ खनाल

निर्माण: सुरेश कार्की, अनिल कार्की र रामशरण रेग्मी प्रकाश: बुद्धि तामाङ र उमेश तामाङ

कविता: नवीन प्राचीन

मञ्च व्यवस्थापन: बिजय बराल निर्देशन सहयोगी: सिजन दाहाल

नाटककार: सरुभक्त परिकल्पना/निर्देशन: सोमनाथ खनाल

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np