चलचित्र ‘तीन घुम्ती’को ट्रेलर र गीत सार्वजनिक

प्रकाशित मिति: May 30, 2016  

मे २७.काठमाडौं l पूर्वप्रधानमन्त्री तथा साहित्यकार स्व.बिपी कोइरालाद्धारा लिखित उपन्यास ‘तीन धुम्ती’माथि निर्माण भइरहेको चलचित्र ‘तीन घुम्ती’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । कर्मा प्रडक्सन प्रालिले निर्माण गरिरहेको यस फिल्मको निर्देशन बाबुराम ढकालले गरेका छन् भने निर्माता राकेश  अदुकिया (कर्मा प्रडक्सन) रहेको छ ।
यस चलचित्रको मुख्य पात्र इन्दिरा मायाको भूमिका अभिनेत्री गरिमा पंतले गरेकी छन् भने पिताम्बर र रमेशको भूमिकामा ध्रुब दत्त र सुशान्त कार्की छन् । फिल्मका गीतहरु डा.कृष्णहरी बरालले लेखेका छन् भने संगीत बशन्त सापकोटाले दिएका छन् ।
उपन्यास पढेर मोहित भएका निर्देशक बाबुराम ढकाल भन्छन्, ‘मुख्य पात्र इन्दिरा माया र अन्य पात्रको माध्यमले समाजलाई धेरै कुराको पाठ सिकाउनेछ । विद्रोह, संघर्ष र अनुभवलाई यसको माध्यमले उजार गर्नेछ जुन कुरा वर्तमान समाजले दबाएर राखेको छ ।’
महिला पत्रलाई प्राथमिकतामा राखेर फिल्म निर्माण गर्दै आएका निर्माता राकेश अदुकिया भन्छन्,‘तत्कालिन समाजिक समस्याका बारे कोइरालाले पााच दशकअघि लेखेको उपन्यास कतिपय अवस्थामा अहिले पनि सान्र्दभिक छ ।’ उनले नेपालको साहितिक समाजलाई पनि यस फिल्मले सहयोग गर्ने काठमाडौंमा रहेको वितरक तथा निर्माण कम्पनी माउन्टेन रिर्भर फिल्म (एमआरएफ)ले यस चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पस्किने काम गर्दैछ। एमआरएफले विशेषत: नेपाली फिल्महरुलाई विश्व बजारमा पुर्‍याउने एमआरएफका सीईओ चन्द्र के झाको विचारमा तीन घम्ती उपन्यास समकालिन नेपाली समाजको महत्वपूर्ण साहित्य हो । झा भन्छन्,‘मुख्य पात्र इन्दिरा माया जो त्यसताका समाजका अगुवा थिए, उनले नेपाली र अन्तर्राष्ट्रिय समाजलाई दर्शकमार्फत जोड्नेछ ।’
तीन घुम्ती पहिलो र एक मात्र बिपी कोइरालाको उपन्यास हो, जो फिल्मको माध्यमले पर्दामा अउादैछ । यस फिल्म निर्माणका लागि स्व.
पूर्वप्रधानमन्त्री सुशील कोइरालाले विपी कोइराला प्रतिष्ठानको तर्फबाट कर्मा प्रडक्सनलाई प्रसंशा पत्र पनि प्रदान गरेका थिए । कर्मा प्रडक्सनले भविष्यमा पनि नेपाली साहितिक धरोहर तथा सामाग्रीहरुलाई फिल्मको रुपमा पस्किने बाचासमेत गरेको छ ।

dice-1

dice

sonu-1

sonu-2

sonu3

sonu-4

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np