जनसम्पर्क समिति अमेरिका अझै बलियो संस्था बन्दैछ– सभापति बिष्ट

प्रकाशित मिति: Apr 20, 2017  

न्युयोर्क – नेपाली जनसम्पर्क समिति अमेरिका(नेजस अमेरिका)को शनिवार हुन लागेको साधारण सभा संस्थालाई समय सापेक्ष रूपमा कसरी अगाडी बढाउने भन्नेमा केन्द्रित हुने भएको छ । यो साधारण सभा संस्थाको संरचना, विधान, नेपाली काँग्रेस पार्टीसंगको सम्बन्धका बारेमा केन्द्रित हुने छ, नेजसका सभापति आनन्न विष्टले भने ।
विवाद गरेर बस्ने होइन,संस्थालाई समयसापेक्ष रूपमा अगाडी बढाउन स्वदेशमा र प्रवासमा बस्ने नेपाली समुदायको चाहना अनुसार काम गर्न संस्थालाई कसरी अघि बढाउने यही विषयमा छलफल गर्न यो सभा केन्द्रित हुन्छ विष्टले भने । एक पछि अर्को विवादमा पर्दै आएको नेजसले पहिलो पटक यस्तो साधारण सभा गर्न लागेको हो ।
नेजस अमेरिका भित्र कुनै विवाद छैन, विष्टले भने सङ्कीर्ण सोच राख्ने, संस्थालाई विवादमा ल्याउन चाहने एक दुई जनाले व्यक्तिगत टिकाटिप्पणी गर्दैमा वा भन्दैमा यसलाई लिएर कसैले विवाद छ भन्छन् भने म यो मान्दिन, प्रजातान्त्रिक प्रक्रिया अनुसार संस्था अघि वढिरहेको छ ।
कार्यसमितिका बैठक हुन्छ, प्राय सबै सदस्य आउनुहुन्छ आफ्नो धारणा राख्नहुन्छ प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्णय हुन्छ विष्टले भने अनि विवाद कहाँ छ मैले बुझेको छैन ।
सस्थालाई समय सापेक्ष ढङ्गमा प्रवासमा बस्ने नेपाली समुदायको चाहना अनुसार अघि बढाउन यो साधारण सभा राखिएको हो उनले भने भविष्यमा म नेतृत्वमा आउँछु आउंदिन तर  संस्था अघि वढ्छ यो साधारण सभा यसका लागि महत्त्वपूर्ण हुने छ ।
विवाद होइन हामी अघि बढ्ने वेला हो यसैले साधारण सभा राखेका हौँ विष्टले भने त्यहाँ नेजस अमेरिकाका च्याप्टर सभापति, सचिव र कोषाध्यक्ष मात्र होइन नेपाली काँग्रेस प्रति आस्थावान सबैले आफ्नो धारणा राख्न पाउनु हुने छ, बन्द सत्रपनि सबैका लागि खुला हुने छ ।
हाम्रो संस्था अमेरिकामा समाजिक कार्य गर्ने ५०१ सी अन्तर्गत दार्ता भएको हो कहीँ कतै दर्ता त हुनुपर्यो त्यही भएर व्यवहारिकता अपनाईएको हो  विष्टले भने राजनीतिक अधिकारका लागि काम गर्ने संस्थाका रूपमा पनि जान सकिन्छ यो विषयमा साधारण सभामा छलफल हुन्छ ।
विधानलाई समयसापेक्ष, बढी प्रजातान्त्रिक बनाउने, हाम्रो मुख्य संस्था नेपाली काँग्रेस पार्टीसँग मिल्ने खालको बनाउने विषयमा पनि छलफल हुने विष्टले जानकारी दिए । हामी नेपाली काँग्रेस पार्टीको भातृ सङ्गठन हौ पार्टीपनि यही अनुसार विदेशमा हामीलाई जिम्मेवारी दिनु पर्‍यो परिचालन गर्नु पर्‍यो विष्टले भने । संस्थालाई अझ प्रजातान्त्रिक प्रभावकारी र कसरी समुदायको राजनीतिक संस्थाको रूपमा अगाडी बढाउनु पर्छ भन्ने विषयमा ठोस सुझाव आओस भन्ने हाम्रो चाहना हो उनले भने ।  उक्त साधारण सभामा काँग्रेसका केही केन्द्रीय सदस्य र नेतासमेत सहभागी हुने उनले जानकारी दिए ।
संस्थाको हित नचाहने, सधैँ विवाद गर्ने खराब प्रवृत्तिलाई फाल्न पछि यो भेला महत्त्वपूर्ण हुन्छ विष्टले भने । म हरेक वर्ष साधारण सभा गर्ने पक्षमा थिएँ उनले भने तर, नेपालमा गएको महाभुकम्प, पार्टीको महाधिवेशन लगायतका कारणले सम्भव नभएको हो ।
पुन अध्यक्ष बन्ने चाहना छैन:
नेजसको पुन अध्यक्ष हुने आफ्नो चाहना नरहेको विष्टले बताए । संस्थाको नेतृत्वका लागि पुन दोहोर्याउने मनसाय छैन ,उनले भने म नेतृत्वका लागि दावेदार हुन्न । १८ वर्ष अमेरिकामा बसेर नेपाली काँग्रेस प्रजातन्त्रका लागि आफूले काम गरेको बताउँदै विष्टले भने नेतृत्वमा नहुदां पनि म यसका सक्रिय हुन्छु ।
नेपालमा विभिन्न समयमा प्रजातन्त्र सङ्कटमा पर्दा अमेरिका बसेर काँग्रेस नेतृत्वका सुझाव अनुसार काम गरेको बताउँदै विष्टले भने मेरो यो भूमिका सधैँ हुन्छ । यसै वर्ष यो कार्यसमितिको ३ बर्से कार्यकाल समय सकिन्छ । विष्ट टेक्सस डलास अधिवेशनबाट अध्यक्ष भएका थिए ।
२७ च्याप्टरको सहभागिता हुने:
नेपालको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेससंग आबद्ध नेजस अमेरिकामा सबैभन्दा बढी फैलिएको संस्था हो । यसका २७ च्याप्टर छन् । साधारण सभामा सबै च्याप्टरवाट प्रतिनिधित्व हुने सङ्गठन विभाग प्रमुख वेद खरेलले जानकारी दिए । सहभागिता आकर्षक हुन्छ खरेलले भने यसका लागि पुरा तयारी भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np