अब अष्ट्रेलिया जान झनै सजिलो, जुनसुकै वाणिज्य बैंकबाट ऋण लिन पाइने

प्रकाशित मिति: Apr 19, 2017  

काठमाडौं, बैशाख ६ । अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली बिद्यार्थीहरुलाई अब झन सजिलो हुने भएको छ । नेपाली बिद्यार्थीप्रति नरम नीति अबलम्बन गर्दै अष्ट्रेलियाले ‘क’ वर्गका जुनसुकै वाणिज्य बैंकबाट ऋण लिए पनि मान्यता दिने गरी नीतिगत संसोधन गरेको छ । यसअघि नेपाली बिद्यार्थीले एसबीआई बैंक र नविल बैंकबाट लिएको ऋणलाई मात्र अष्ट्रेलियाले मान्यता दिँदै आएको थियो ।अष्ट्रेलियाको सीमा सुरक्षा तथा अध्यागमन विभागलाई उदृत गर्दै दिल्लीस्थित अष्ट्रेलियन हाइ कमिसनले दिएको जानकारी अनुसार अब नेपालका जुनसुकै ‘क’ वर्गका बैंकबाट लिएको शैक्षिक ऋणलाई अष्ट्रेलियाले मान्यता दिने भएको छ ।

हाल नेपालमा ‘क’ वर्गका २८ वटा वाणिज्य वैंकहरु रहेका छन् । जुनसुकै बैंकबाट ऋण लिन पाउने ब्यबस्थापछि अब बिद्यार्थीहरुलाई ऋणका लागि थप विकल्पहरु खुला भएका छन् भने उनीहरुलाई सहजता पनि थपिने छ ।सवै बैंकलाई खुला गरिदिएपछि अब नेपाली बिद्यार्थीलाई थप सहजता भएको र आबेदनको संख्या बृद्धि हुने छ ।

सन् २००९ अगाडी पनि अष्ट्रेलियाले सवै ‘क’ वर्गका बैंकको कारोबारलाई मान्यता दिएको तर केही बैंकहरुले वास्तविक ऋण नदिएर कागजी ऋण प्रवाह गरेका कारण समस्या भएपछि दुईवटा बैंकलाई मात्र मान्यता दिएको थियो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np