दातृ निकायको सहायतामा सञ्चालित आयोजनामा पनि कुलमानको कुशलता

प्रकाशित मिति: Apr 19, 2017  

काठमाडौं,बैशाख ६ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएका छन् । लोडसेडिङको हटाएर चर्चा कमाईरहेका कुलमान लोडसेडिङ दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा समेत आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन् ।

प्राधिकरणमार्फत कार्यान्वयन हुने आयोजनाको कामलाई घिसिङले तिब्रता दिएपछि यस वर्ष ऊर्जा क्षेत्र चामत्कारिक रुपमा दाताले दिएको रकम बढी खर्च गर्ने क्षेत्र बनेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ऊर्जा क्षेत्रमा सन् २०१४/१५मा ७ करोड ८५ लाख ७१ हजार अमेरिकी डलर खर्च भएकोमा सन् २०१५/१६मा बढेर झण्डै दोब्बर अर्थात १५ करोड पाच लाख ८२ हजार डलर खर्च भएको छ ।

नेपाल भारत विद्युत प्रसारण तथा व्यापार, ऊर्जा पहुँच दक्षता तथा सुदृढीकरण, विद्युत प्रसारण विस्तार तथा आपूर्ति सुधार, मझौला तथा ठूला विकास विद्युत आयोजना विकास, माथिल्लो त्रिसुली ३ ए जलविद्युत लगायतका आयोजना दातृ निकायको सहायतामा प्राधिकरणले सञ्चालन गरिरहेको छ । भुकम्पले क्षति पुर्याएको माथिल्लो त्रिसुली ३ ए वाहेक सबै आयोजनाको खर्च उत्साजनक छ । घिसिङ गत भदौको अन्तिमका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले वस्तु तथा सेवा खरिदको लागत, योजना, टेण्डर स्विकृति लगायतका सम्पूर्ण कामको अधिकार कार्यकारी निर्देशकलाई दिने व्यवस्था गरिदिएका थिए । यसले गर्दा प्राधिकरणको टेण्डर प्रक्रिया छिट्टो भएको होे । खरिद अधिकार कार्यकारी निर्देशकलाई दिएकाले ऊर्जा क्षेत्रको खर्च बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले खरिद प्रक्रियाका कामलाई तिब्रता दिएका छन् ।

त्यति मात्रै हैन उनी आयोजना स्थलमै गएर निर्माणको समस्या पहिचान गरि समाधानको उपाय खोज्ने गरेका छन् । सार्वजनिक खरिद ऐनले खरिद योजना तयार गर्ने देखि लिएर स्विकृति गराउने सम्बन्धि काम गर्ने सम्पूर्ण अधिकार संस्थानको कार्यकारी प्रमुखलाई दिएको छ । तर, ऐनमा भएको यस्तो व्यवस्था प्राधिकरणका तत्कालिन सञ्चालकहरुले टेण्डरमा चलखेल गर्न खरिदको अधिकारी कार्यकारीलाई दिन अस्विकार गर्दै आएका थिए ।

ऊर्जा क्षेत्रमा सबैभन्दा बढी सहायता दिएको एडिबी नेपाल कार्यलयका तत्कालिन प्रमुख केनिची योकोयामाले केही महिना अघि अर्थ मन्त्रालयमा प्राधिकरणमा नयाँ व्यवस्थापन आएपछि सहायताको खर्चमा चामत्कारिक सुधार आएको भन्दै प्रशंसा गरेका थिए ।

विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना सञ्चालनमा छ । आयोजनामार्फत धनुषाको ढल्केवरमा २२०-१३२ केभीको सबस्टेसनको निर्माण भइरहेको छ । गत ५ भदौमा आयोजनाको स्थलगत निरीक्षण गरि ऊर्जा मन्त्री जनार्दन शर्माले ऊर्जामन्त्री जनार्दन शर्माले स्थलगत निरीक्षण गरी ४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता आयोजना र ठेकेदारबीच गराएका थिए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np