निर्वाचन आयोगले तोक्यो १८ हजार ५ सय ७२ मतदान केन्द्र

प्रकाशित मिति: Apr 19, 2017  

काठमाडौं,बैशाख ६ । निर्वाचन आयोगले १८ हजार ५ सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ । आयोगको बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । देशभर १० हजार ६४० मतदानस्थल रहने गरि मतदानकेन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चैत २० गतेसम्ममा मतदान केन्द्र तोक्नुपर्नेमा मधेशी मोर्चाको अवरोध र जिल्ला स्तरबाट सिफारिस नआएकाले प्रदेश नम्बर २ मा केन्द्र निर्धारण हुन सकेको थिएन । त्यसैका कारण केन्द्र निर्धारण गर्न ढिलाइ भएको हो । अब आयोगले बैशाख ३१ गते सबै मतदान केन्द्रमा एकैपटक निर्वाचन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np