आइजीपी प्रकाश अर्यालले डीआइजी नवराज सिलवालसँग स्पष्टिकरण सोधे

प्रकाशित मिति: Apr 19, 2017  

काठमाडौं,बैशाख ६ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालले डीआइजी नवराज सिलवालसँग स्पष्टिकरण सोधेका छन् । सिलवाललाई प्रहरी नियम उल्लङघन गरेकोमा कारबाही किन हुनु नपर्ने भन्दै स्पष्टिकरणको लागि प्रहरी प्रधान कार्यालय, नक्सालले पत्र काटेको हो । मंगलबारसम्म उचित स्पष्टिकरणसहित जवाफ दिन सिलवाललाई पत्रमार्फत् भनिएको छ। गएको चैत ३१ गतेको मितिमा सिलवाललाई पत्र काटिएको हो।

पदबहालीको दिन सिलवाल अर्याल नियुक्तिको विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत पुगेका थिए । आइजीपी संयोजक हुने पीसीसीमा एआईजी र डीआइजी सदस्य हुन्छन्। यसअघि डीआईजी जयबहादुर चन्दलाई गत फागुन १ मा सरकारले आइजीपीमा नियुक्त गरेपछि सिलवाल सर्वोच्च पुग्नु भएको थियो। सर्वोच्चले सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णय बदर गरेको थियो। डीआइजी सिलवालले सुरुमा आइजीपीले सोधेको स्पष्टिकरण बुझ्न नमाने पनि संगठनिक दबाबपछि स्पष्टिकरण बुझ्नु भएको छ ।

सरकारले कार्यसम्पादन मूल्याङ्कनमा अर्याल एक नम्बरमा रहेको भन्दै चैत २८ गते राति अर्याललाई महानिरीक्षक नियुक्त गरी सोही दिन पदस्थापन गराएको थियो।

नियुक्त गर्ने क्रममा चार डिआइजीहरुको कार्यसम्पादन मूल्याङ्कनको हिसाबकिताब सर्वोच्च अदालतको फैसला र सरकारको हिसाब फरक फरक देखिएर बनेको अन्यौल वैशाख १९ गते टुङ्गो लाग्ने भएको छ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np