अमेरिकाको क्यालिफोर्नियामा कार दुर्घटनामा नेपाली युवाको मृत्यु

प्रकाशित मिति: Apr 19, 2017  

क्यालिफोर्निया, अमेरिकाको क्यालिफोर्निया राज्यमा कार दुर्घटनामा परि नेपाली युवाको मृत्यु भएको छ । सोमबार क्यालिफोर्नियाको सान्फ्रान्सीस्को एरियामा भएको कार दुर्घटनामा परि अन्दाजि २० बर्षका पुन थरका नेपाली युवाको मृत्यु भएको जनाइएको छ । सानफ्रान्सीस्कोका समाजसेवी उत्तम कार्कीका अनुसार नेपालको बाग्लुगं स्थायी घर भई चावहिलमा बस्दै आएका पुन गत बर्ष मात्र अमेरिका आएका हुन् । गत बर्ष अण्डर १९ को फुटबल खेल्न अमेरिका आएका उनि स्थानिय रेष्टुरेण्टमा काम गर्थे । पुन बिदाको दिन क्यालिफोर्नियाको फार्ट ब्राग बाट डेभिस फर्कने क्रममा सोमबार दिउंसो दुर्घटनामा परेको पनि कार्कीले जानकारी दिनुभएको छ । दुर्घटनाको पुर्ण बिवरण भने आइसकेको छैन ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np