मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक,तपाईंको नाम त छुटेन ! यसरी हेर्नुहोस्

प्रकाशित मिति: Apr 17, 2017  

काठमाडौं,बैशाख ४ । निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमेर पुगेका फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली आयोगले वेब साइटमार्फत सार्वजनिक गरेको हो ।

सर्वजनिक भएको नामावलीमा नाम लिष्ट भएकाले मात्र आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदान गर्न पाउनेछन् । आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् । यसअघि आयोगको वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो ।
कसरी हेर्ने त ?
१. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।
२. त्यसपछि आफू बस्ने गाउँ पालिका वा नगरपालिका र महानगरपालिकाको नाम छान्नुहोस् ।
३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।
४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।
५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईँको विवर छाने अनुसारको नामावली आउँछ। नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।
६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।

यहाँ क्लिक गरेर पनि आफ्नो विवरण हेर्नसक्नु हुनेछ । 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np