मानवअधिकारको रक्षाका लागि अन्तराष्ट्रिय रुपमा सकृय हुंदै नेपाली युवा

प्रकाशित मिति: Apr 8, 2017  

काठमाडौं, मानवअधिकार रक्षाका लागि नेपाली युवाहरुको सकृयता अन्तराष्ट्रिय स्तरमा थप बढ्न लागेको छ । केहि दिन पहिला भारतको दिल्लीमा सम्पन्न भएको ५ औं दक्षिण एशिया युथ फर हुयमन राईट्स अन्तराष्ट्रिय सम्मलेनमा नेपाली युवाहरुको सहभागिता र प्रस्तुतीबाट युवाहरु थप सकृय भएको प्रष्ट भएको हो । संसारभरका युवाहरुका लागि मानवअधिकार सम्बन्धी चेतना फैलाउनका साथै संयुक्त राष्ट्रसंघले घोषणा गरेका अधिकारहरुका बारेमा चेतना दिने उद्धेश्यका साथ सम्पन्न भएको सम्मेलनमा नेपालका तर्फबाट युथ फर हयुमन राईट्स नेपालका प्रमुख रिषी गौतमको नेतृत्वमा युवाहरु सहभागी भएका थिए । प्रमुख गौतमका अनुसार यस सम्मेलनमा नेपाली युवाहरुको सहभागिताले नेपालका युवाहरुलाई पनि मानवअधिकार र आफुले पाउनु पर्ने हकका बारेमा थप सुसुचित हुनेछन् । सम्मेलनमा गौतमले नेपालको मानवअधिकारको अहिलेको अवस्थाका बारेमा बिवरण पेश गरेका थिए । युथ फर हुयमन राईट्स ईन्टरनेशनलका अध्यक्ष डाक्टर म्यारी, साउथ एसीया प्रमुख एन्ड्रिउ चाल्र्मस लगाएतका ब्यक्तीत्वहरुको उपस्थितीमा भएको सम्मेलनमा नेपालका तर्फबाट बैकुण्ठ थापा, सबिता न्यौपान र अबिनास तिमल्सीना लगाएतका युवाहरुले सम्मेलनमा प्रतिनिधित्व गरेका थिए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np