अमेरिकामा नेपाल देखाउंदै शौरभ

प्रकाशित मिति: Apr 8, 2017  

टेक्सस – अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा तीन हप्ते नेपाल शो २०१७ शुरु  भएको छ ।
प्रदर्शनीमा नेपालका दुई बर्ष अघिको भुकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोहरु प्रदशनीमा राखिएका छन् । शुक्रबार एक समारोह बीच रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्टवर्थ कला काउन्सील प्रमुख केरीन विल,े स्टोरी साइकल अमेरीकाका निर्देशक राम सी पोखरेल, फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन र स्टोरी साइकलका संस्थापक सौरभ ढकालले संयुक्त रुपमा उदघाटन गरेका छन् ।
स्टोरी साइकल अमेरीकाको फोर्टवर्थ कला केन्द्र र क्राफ्टेद इन काठमाडौंको आयोजनामा भएको यो प्रदर्शनी आगामी अप्रिल २६ सम्म चल्ने छ । आइतबार बाहेक हरेक दिन विहान ९ बजे देखि साझ ५ बजे सम्म प्रदर्शनी खुला रहने छ । प्रवेश निशुल्क रहेको आयोजक सौरभ ढकालले जानकारी दिए ।
रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले पूराना सिप र कलात्मक क्षेमताको संरक्षण गर्न अति आवशक रहेको भन्दै नेपालको पून निर्माणमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए ।
यसै गरि फोर्टवर्थ कला काउन्सील प्रमुख केरीन विलेले नेपाली कलाकारहरुको काम देखेर आफु निकै उत्साहित भएको बताउदै कला बाट कथा भन्ने तरिका सवैले सजिलै बुझ्न सक्ने तरिका भएको बताए । यो प्रदर्शनबाट  नेपालको कथा पनि धेरैले बुझ्ने मौका पाउने छन ।
कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले कलाका माध्यमबाट कसरी कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको बताउदै  चित्रकला, हस्तकला, फोटो र भिडीयोलगायतका फरक फरक बिधालाइ एकै ठाउमा प्रस्तुत गर्न शो आयोजना गरिएको बताउदै । यस्तो प्रर्दशनीले कलाकारलाइ अन्तरराष्ट्रिय रुपमा चिनाउनुका साथै नेपालको केहि हदसम्म सकारात्मक र प्रभावकारी प्रचार हुनेमा आशावादी रहेको बताए ।
प्रदशनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिवीर र गत केहि महिना अगाडी सिन्धुलीको दुम्जामा संचालित कला शिवीरमा तयार भएका चित्रकला प्रदशनीमा राखिएको  छ । मुख्य चित्रकला सुरेम देशार, अनिल महर्जन र आरके थापाका रहने छन । साथै तासि लामा र जुनीलामाका  थान्का पनि प्रदर्शनमा रहका छन ।
काठमाडौका २५ भन्दा बढी कलाकारहरुको संकलन गरेको बिबिध कलामध्ये केहि प्रदर्शन गरिएको  छ । साथै जेलमा तयार गरिएका केहि हस्तकला पनि यसमा सामेल छन् ।
स्टोरी साइकलले बिभिन्न ठाउमा गरेको कथा शिवीरमा जम्मा गरेका फोटोहरु प्रदर्थनमा रहने छन । तीमध्ये फोटोग्राफर नबिन बरालले खिचेका लमजुङका हिमालहरुको फोटो बिशेष आकर्षण रहेका छन । सगरमाथा र बारपाक क्षेत्रका फोटो पनि छन ।
प्रदर्शनीले नेपाल बारे जान्न चाहने विदेशी र अमेरिकामा रहेका नेपाली बालबालिकालाई विशेष उपयोगी हुने ढकालले बताए ।
स्टोरी साइकलले २०१५ देखि अमेरीकामा बिभीन्न कार्यक्रम गर्दै आएको  छ ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np