फरक शैलीमा नयां बर्ष मनाउंदै डल्लासका नेपाली

प्रकाशित मिति: Apr 5, 2017  

टेक्सास, टेक्सासको डल्लासमा रहेका नेपालीहरुले नयां तरिकाले नेपाली नयां बर्ष २०७४ लाई स्वागत गर्ने भएका छन् । हरेक बर्ष नेपाली नयां बर्षलाई बिबिध कार्यक्रमको आयोजना गरि स्वागत गर्ने डल्लासका नेपालीहरुले यस बर्ष भने नेपालमा नै पुगेको आभाष हुने गरि नयां बर्ष मनाउन पाउने भएका हुन् । नेपाली समाज टेक्सासको आयोजनामा अप्रिल १५ तारिखका दिन हुन लागेको नयांं बर्ष मनाउने कार्यक्रम सदैब सम्झन लायक हुने गरि मनाउने तयारी गरिएको समाजका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । हामीले प्राय हल भित्र बसेर कार्यक्रम गथ्र्यौ तर यस पटक भने खुल्ला मैदानमा धेरै स्टलहरु राखेर कार्यक्रम गर्न लागेका छौं, जुन आफैमा सम्झन लायक हुनेछ, अध्यक्ष लामिछानेको भनाई छ । अध्यक्ष लामिछानेका अनुसार नेपाली परिकारका साथै नेपाली कला र संस्कृति झल्कने खालका स्टलहरु नयां बर्षको कार्यक्रममा राखिनेछन् ।
नेपाली कलाकारहरुको प्रस्तुतीका साथै बिभिन्न रोमाञ्जक खेलहरु समेत राखिएको नयां बर्षको कार्यक्रममा बिगतको बर्षमा भन्दा धेरै नेपालीको सहभागिता हुने अपेक्षा लिएको समाजका महासचिव कमल सत्यालले बताए । महासचिव सत्यालका अनुसार कार्यक्रमको अधिकांश तयारी पुरा भइसकेको छ । बिभिन्न .खेलकुदका साथै बच्चाहरुलाई समेत हुने खेलको आयोजना गरिएको कार्यक्रम डल्लासको युलेश पार्कमा हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np