प्रवासी नेपाली मञ्चकाे अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा गुरूङ र महासचिवमा देउजा निर्वाचित

प्रकाशित मिति: Apr 3, 2017  

बाल्टिमाेर, अप्रिल २ । प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा विजयी भएका छन् । उनले  ८५ मत प्राप्त गरी अाफ्ना निकटतम प्रतिस्पर्धी जनक रानालार्इ पराजित गरेका हुन् । रानाले ५६  मत प्राप्त गरेका थिए । १६३ मत मध्ये १४३ मत खसेकाेमा २ मत बदर भएकाे थियाे । मेरिल्याण्डका थापा मञ्चका निवर्तमान महासचिव हुन् भने टेक्सासका राना मञ्चका एक संस्थापक हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा टेक गुरूङ निर्वाचित भए । उनले प्रितिसागर खत्रीलार्इ पराजित गरेका हुन् । गुरूङले ७७ मत प्राप्त गरे भने खत्रीले ६४ मत प्राप्त गरेका थिए । यसैगरी क्षेत्रीय उपाध्यक्षमा टेक्सासकी यमुना भट्टरार्इ विजयी भइन् ।६४ मत प्राप्त गरेकी भट्टरार्इले ५६ मत प्राप्त गरेका कमल अाेझा र १९ मत प्राप्त गरेका सुशील क्षेत्रीलार्इ पराजीत गरिन्।

मञ्चकाे महासचिवमा न्युयाेर्कका राधाकृष्ण देउजा विजयी भए । ७६ मत प्राप्त गरेका देउजाले अाफ्ना प्रतिस्पर्धी  शंकर पन्तकाे ६३ मतभन्दा १३ मत बढी ल्याए ।  देउजा यसअघि मञ्चकाे न्युयाेर्क च्याप्टरका अध्यक्ष थिए भने पन्त निवर्तमान काेषाध्यक्ष हुन् ।

यसैगरी उपमहासचिवमा कृष्णराज लामिछाने ९४  मत ल्याएर विजयी भए । उनले अाफ्ना निकतम प्रतिस्पर्धी देवीप्रसाद पाण्डेलार्इ पराजीत गरेका हुन् । पाण्डेले ४५ मत ल्याएका थिए । हेमन्त भेटुवाल अाफ्ना प्रतिस्पर्धी तिर्थ विश्वकर्मालार्इ किनारा लगाउँदै मञ्चकाे काेषाध्यक्षमा निर्वाचित भए । भेटुवालले ८४ मत ल्याएका थिए भने विश्वकर्माले ५६ मत मात्र ल्याए । ३५ सदस्यीय कार्यसमितीको तिन जना उपाध्यक्ष र अन्य पदहरुमा भने सहमतीबाटै नेतृत्व चयन गरिएको थियो । सहमतीबाटै शिकागोका  गोपाल कंडेल, न्यूह्याम्सपायरका ईश्वरी भट्ट र बाल्टीमोरका श्यामराज महत उपाध्यक्ष चयन भएका थिए ।

अघाेषितरूपमा प्यानल नै बनाएर भएकाे चुनावमा मिश्रित परिणाम अायाे । अध्यक्षमा  प्रभु थापा विजयी भए पनि वरिष्ठ उपाध्यक्षमा राना प्यानलका टेक गुरूङ विजयी भए । महासचिवलगायत अन्य अधिकांश पदाधिकारीमा पनि थापा समूहकैले बाजी मारे ।

सहमतिमा नयाँ नेतृत्व चयन गर्नका लागि नेपालबाट अाएका एमाले नेताहरू र अमेरिकामा रहेका अगुवाहरूले प्रयत्न गरे पनि सम्भव भएन । एमालेकाे केन्द्रमा रहेकाे गुटगत राजनीतिकाे छायाँ परेका कारण सहमति हुन नसकेकाे बताइयाे । संङका निवर्तमान अध्यक्ष सञ्जय थापाले अाफूलार्इ दाहेाेर्याउन नचाहेकाे र वरिष्ठ उपाध्यक्ष वाला घिमिरेले प्रत्यक्ष रूपमा पार्टीगत राजनीति नगर्ने साेचका साथ पछि हटेपछि थापा र रानाबीच नेतृत्वका लागि चुनाव भएकाे थियाे ।

मञ्चकाे दाेस्राे साधारणसभाकाे शनिबार एक समाराेहबीच मेरिल्याण्डकाे बाल्टिमाेरमा एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले गरेका थिए । समाराेहमा एमाले नेताहरू युवराज कार्की र खगराज अधिकारी पनि अतिथिका रूपमा सहभागी भएका थिए । कार्की अमेरिका विभाग प्रमुख हुन्।

प्रवासी नेपाली मञ्च प्रवासमा रहेका एमाले समर्थक एवं शुभचिन्तकहरूकाे भातृसंस्था हाे । अमेरिकालगायत विश्वका धेरै मुलुकमा याे संस्थाकाे सञ्जाल रहेकाे छ । प्रवासी नेपाली मञ्च अमेरिका अमेरिकामा रहेका एमाले समर्थक एवं शुभचिन्तकहरूकाे संस्था हाे । याे अमेरिकाका २२ राज्यमा फैलिएकाे बताइन्छ ।

यसअघि न्युयाेर्कमा भएकाे प्रथम अधिवेशनमा उपाध्यक्ष बाहेक अन्य सबै पदमा निर्विराेध नेतृत्व चयन भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np