अमेरिकामा ३,१५,९८० नेपाली रहेको तथ्याङ्क सार्बजनिकः अनुमानको खेती अन्त होला कि ?

प्रकाशित मिति: Apr 1, 2017  

अमेरिकामा नेपालीको संख्या ठ्याक्कै भन्नु  नेत्रहीनले हात्ती छामेजस्तै भए पनि  साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले भन्ने राम्रैसँग कान समाते जस्ताे देखिएकाे छ । अमेरिकामा नेपाली देखिने, भेटिने सम्भावित सबै अाधारमा टेकेर गरिएकाे एक अध्ययनमा अमेरिकामा  तीन लाख १५ हजार नाै सय ८० नेपाली रहेको देखिएको छ।

सन २०१० मा सेन्सन ब्युरोले गरेको नेपालीहरुको तथ्यांक मापन, होमल्याण्ड सेक्यरीटिले उपलब्ध गराएको सन २०१० देखि सन २०१६ सम्ममा ग्रिनकार्ड पाउने नेपालीहरुको तथ्यांक, स्टेट डिपार्मेन्टले उपलब्ध गराएको सन २०१० पछि नेपालीहरुले पाएको भिसाको तथ्यांक, ट्रयाक इमिग्रेसनले उपलब्ध गराएको सन २०१० देखि सन २०१६ सम्म असाइलम अस्कीकृत हुने नेपालीहरुको तथ्यांक,  इन्टरनेशनल एनुकेसन एक्सचेन्जले उपलब्ध गराएको सन २०१० देखि २०१६ सम्ममा अमेरिकामा आएका नेपाली बिधार्थीको तथ्यांक र  बिश्व बैक र सिडिसीले उपलब्ध गराएको अमेरिकाको जन्म र मृत्युदरका आधारमा नेपालीकाे संख्या प्रस्तुत गरिएकाेले याे यथार्थकाे धेरै नजिक छ भन्ने सकिन्छ ।

अमेरिकी सेन्सस ब्युराेले उपलब्ध गराएको तथ्यांकअनुसार अमेरिकामा नेपालीहरुको संख्या १० वर्षमा ५३३% बढेको छ। सेन्ससले  सन २०१४ मा नेपालीको अनुमानित सख्या एक लाख १० हजार रहेको जनाएकाे छ । यसमा भिजिटर भिसामा आएका नेपाली, अध्ययनका लागि आएका नेपाली बिधार्थी र अबैधानिक रुपमा स्थलमार्ग हुँदै अमेरिका भित्रिएका नेपालीको संख्या समावेस गरिएको छैन।

प्रतिवेदनका अनुसार भिजिटर भिसा र स्थलमार्ग हुँदै अमेरिका आएर असाइलमको आवेदन दिने मुलुकमा नेपाल ८ ‌औँ स्थानमा रहेको छ। ट्रयाक इमिग्रेसनले उपलब्ध गराएको तथ्याकं अनुसार सन २०१० यता प्रतिवर्ष सरदर ११ हजार ७३ नेपालीले असाइलमका लागि आवेदन दिने गरेकाेमा सरदर चारहजार अाठसय ७० आवेदन अस्वीकृत हुने गरेकाे छ ।

सन २०१० देखि सन २०१६ सम्मको असाइलम अस्वीकृत हुनेको औषत संख्या ३४ हजार पुगेकाे छ । यही अाधारमा तथ्यांक विश्लेषण गर्दा  २००४ यता  ४८ हजार ६ सय ७० नेपाली अमेरिकामा अबैधानिक वसोवास गरिरहेको देखिन्छ।

होमल्याण्ड सेक्युरीटीले सन २०१० देखि सन २०१६ सम्मको तथ्यांक अनुसार सन २०१२ मा सबैभन्दा बढी १५ हजार ९ सय ८३ नेपालीले असाइलममार्फत ग्रिनकार्ड पाएको देखाएको छ। सन २०१४ मा १२ हजार ६ सय नेपालीले असाइलममार्फत ग्रिनकार्ड पाएका थिए। सबैभन्दा कम सन २०१५ मा ५ हजार २ सय २६ नेपालीले असाइलममार्फत ग्रिनकार्ड पाए ।

सन २०१० देखि २०१६ सम्ममा असाइलममार्फत ग्रिनकार्ड पाएका नेपाली र उनीहरुको परिवार (सरदरमा २ जना मात्रै) को गणना गर्ने हो भने असाइलममार्फत मात्रै अमेरिका पुग्ने नेपालीहरुको संख्या एकलाख २७ हजार हुन आउँछ।

होमल्याण्ड स्यक्युरिटीले उपल्बध गराएको तथ्यांक अनुसार सन २०१० देखि २०१६ सम्म डिभि लट्रीमार्फत अमेरिका आउने नेपालीको संख्या २६ हजार ८ सय ५९ रहेको छ। जसमध्ये सन २०१४ मा मात्र ६ हजार ८२ नेपाली अमेरिका अाइ पुगेका थिए। अमेरिकी नागरिकता लगेका नेपाली र ग्रिनकार्ड प्राप्त गरेका नेपालीका परिवार र नातेदारहरु सन २०१० देखि २०१६ सम्म सरदर प्रतिवर्ष २ हजारका दरले वसाइ सरेको होमल्याण्ड स्यक्युरिटीको तथ्यांकले देखाएको छ। डिभिसँगै यो संख्या जोड्ने हो भने यसरी अमेरिका अाउनेकाे संख्या मात्र पनि ४० हजार ७ सय ४० हुन आउँछ।

अमेरिका अध्ययनमा आउने बिद्यार्थी संख्याका आधारमा नेपाल सातौ नम्वरमा  छ। ईन्टरनेशनल एनुकेसन एक्सचेन्जले दिएको तथ्याकं अनुसार सन २०१० देखि सन २०१६ सम्ममा ६५ हजार ९ सय ८३ नेपाली बिद्धार्थी  उच्चशिक्षाका लागि अमेरिका अाइपुगेका छन्।

प्रतिवेदनअनुसार सन्  २०१० मा सबैभन्दा बढी  १० हजार ३ सय १ नेपाली बिद्यार्थी अमेरिका आएका थिए। यो संख्या प्रतिवर्ष १६ प्रतिसतले बढेको छ। यसरी अाँकलन गर्दा सन २०१० देखि २०१६ सम्म ६५ हजार ९ सय ८३ नेपाली बिद्यार्थी अमेरिकामा अाइपुगेका छन् ।

बिश्व बैँक र सेन्ससले दिएको तत्थ्याकं अनुसार नेपालीकाे जन्मदर १३.४२ प्रतिहजार रहेको छ। यसले प्रतिवर्ष सरदर २ सय ८० नेपाली मुलका अमेरिकनहरुको जनसंख्या बृदि भएको देखिन्छ। सन २०१० देखि सन २०१६ सम्मको जम्मा संख्या ३ हजार ४ सय ४३ हुन आउँछ। त्यसैगरी बिश्व बैँक र सेन्ससले मृत्युदर ८.१५ रहेको देखाउछ। यो गणनालाई मापन गर्ने हो भने प्रतिवर्ष १ सय २५ नेपालीहरुको मृत्यु भएको देखाउँछ। सन २०१० देखि २०१६ सम्मको मृत्युसंख्या गणना गर्ने हो भने ८ सय ८४ जना नेपालीको मृत्यु भएको छ।

सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, बिश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, एनसीएएल र यूएनएचसीआरले उपलब्ध गराएको रिपोर्टको आधारमा नेपालीकाे संख्या निकालिएकाे हाे ।

यसअघि गैरअावासीय नेपाली संघ अमेरिकाकाे अध्ययन टाेलीले  अमेरिकामा २ लाख ५१ हजार नेपाली रहेकाे अनुमान सार्वजनिक गरेकाे थियाे ।

 

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np