आईजीपी विवाद नयाँ मोडमा: डीआईजी अर्यालद्वारा सर्वोच्चमा रिट दायर

प्रकाशित मिति: Mar 20, 2017  

काठमाडौं ,चैत ७ । नेपाल प्रहरीका दोस्रो वरियताका डीआईजी प्रकाश अर्यालले आफ्नो पनि कार्य सम्पादन मुल्यांकन हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतले डीआईजीद्वय जयबहादुर चन्द र नवराज सिलवालको मात्र कार्य मूल्यांकनको फाइल मगाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्चको पूर्ण इजलासले आईजीपी विवाद सम्बन्धमा अन्तिम सुनुवाई गरिरहेको छ । आइतबार नै सर्वोच्च पुगेका अर्यालको रिट निवेदन दर्ता भने हुन सकेको थिएन । तर सोमबार विहान १० बजेपछि पुनः सर्वोच्च पुगेका अर्यालको रिट दर्ता गरिएको थियो ।

डीआईजी अर्यालको तर्फबाट अधिवक्ता सुवास लामिछानेले रिट दर्ता गराएका हुन् । आईजीपी नियुक्ति विवादमा सर्वोच्चमा परेको रिटको सुनुवाईका क्रममा सर्वोच्चले चन्द र सिलवालको मात्र फाइल मगाएको थियो । आईजीपीका दाबेदार चारै जनाको फाईल अध्ययन गर्नुपर्ने भए पनि सर्वोच्चले दुई जनाको मात्र मगाउँदा दोस्रो नम्बरमा रहेकालाई अयोग्य भन्न खोजिएको हो ? भन्ने जिकीर निवेदनमा गरिएको अधिवक्ता लामिछानेले बताए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np