अब मोबाइलबाट फोन गर्दा ५० प्रतिशत कम पैसा ! यस्तो छ कारण

प्रकाशित मिति: Mar 18, 2017  

काठमाडौं,चैत ५ । मोबाइलबाट फोन गर्दा धेरै बिल आएर हैरानी ५० प्रतिशत कम हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा पल्स अवधि घटाउनु भएपछि यस्तो हुने भएको हो ।
प्राधिकरणले बैशाख १ गतेबाट अनिवार्य कार्यान्वयन गर्ने गरी दूरसञ्चार सेवा प्रदायकलाई परिपत्र गरेर पल्स अवधि घटाउन निर्देशन दिइसकेको छ ।
प्रयोगकर्ताले कुराकानी नगरेको समयको पनि पैसा तिर्नुपरेको गुनासो गरेपछि पल्स अवधि घटाएर कुरा गरेको अवधिको मात्रै पैसा तिर्ने व्यवस्थासहितको नयाँ पल्स अवधि र रेट निर्धारण गरेको प्राधिकरणले जानकारी दिएको छ ।
नयाँ पल्स अवधिअनुसार सबै प्रकारको मोबाइलमा प्रत्येक १० सेकेन्डको एक पल्स मानिनेछ । अहिले २० सेकेन्डको एक पल्स हुन्छ । यसअनुसार अहिले मोबाइल प्रयोककर्ताले ९ सेकेन्ड कुरा गरे पनि २० सेकेन्डकै पैसा तिर्नुपरेको छ । २१ सेकेन्ड कुरा गर्ने प्रयोगकर्ताले ४० सेकेन्डको पैसा तिर्नुपर्ने हुँदा नयाँ पल्स अवधि घटाइएको हो ।
नयाँ पल्स अवधि अनुसार १० सेकेन्डको एक पल्स हुने भएकाले ९ सेकेन्डसम्म १० सेकेन्डकै पैसा र त्यसपछि १९ सेकेन्डसम्म २० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np