एमालेले सहयोग गरेको पाँच लाखको चेक सहिद गौतमका परिवारलाई हस्तान्तरण

प्रकाशित मिति: Mar 18, 2017  

काठमाडौं,चैत ५ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर सहिद भएका गोविन्द गौतमका परिवारलाई एमालेले सहयोग रकमको चेक बुझेको छ । एमाले केन्द्रीय कमिटीले प्रदान गरेको पाँच लाख रकमको चेक शनिबार उपप्रधानमन्त्री भीम रावलले सहिद गोविन्द गौतमकी आमालाई हस्तान्तरण गरेका हुन् । सहिद गोविन्दकी पत्नी लक्ष्मी गौतमका नाममा रहेको चेक र एकथान ल्यापटप हस्तान्तण गरिएको हो। कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार भएको आमसभाका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहिद परिवारलाई पाँच लाख रकम पार्टीका तर्फबाट सहयोग घोषणा गरेका थिए। यसैबीच एमाले पुर्नवास नगर कमिटीले समेत तत्काल राहतका लागि १२ हजार रकम उपलब्ध गराएको छ।
एमालेले सहिद गौतमका तीन छोरीलाई स्थानीय युगज्योती बोर्डिङ स्कुलमा पढाउने व्यवस्था मिलाएको छ। एमालेको समन्वयपछि उक्त विद्यालयले निःशुल्क रुपमा सहिद गौतमका तीनै छोरीलाई पढाइदिने जिम्मा लिएको हो।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np