नेपाल सरकार मेटेर मोर्चाले लेख्यो मधेस प्रदेश सरकार

प्रकाशित मिति: Mar 16, 2017  

राजविराज,चैत ३ – सप्तरीको राजविराज क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल सरकार हटाएर मधेस प्रदेश सरकार लेखेका छन् । एक दिन अघि मात्र लेखिएको जिल्ला समन्वय समितिको कार्यालय मेटाई सो स्थानमा जिल्ला विकास समितिको कार्यालय र नेपाल सरकार मेटाई सो स्थानमा मधेस प्रदेश सरकार लेखेका छन् ।

त्यससँगै स्थानीय निकायका कार्यलयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार तालाबन्दी समेत गरेका छन् । मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालय प्रमुख र प्रशासन कक्षमा समेत ताला लगाएका छन् ।

स्थानीय तह पुर्नसंरचनाको विरोधमा रहेको मोर्चाले बिहीबारदेखि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयन भएपछि तालाबन्दी गरेको हो । जिल्लाका सबै गाविस, नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्ने जनाएको मोर्चाले तालाबन्दी अनिश्चित रहने बताएको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np