रामेश्वर खनालले पनि छाडे नयाँ शक्ति

प्रकाशित मिति: Mar 14, 2017  

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका नेता रामेश्वर खनालले पार्टी छाडेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै नयाँ शक्ति पार्टीका आर्थिक विभाग प्रमुख खनालले आफू कुनै पार्टीमा नरहेको जानकारी गराएका हुन् । ट्वीटमा उनले लेखेका छन्, ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ । अब के भनुँ ।’ खनालले पार्टीमा सुधार गर्न नसकिएपछि परित्याग गरेको बताए । तर, आफूले शारीरिक रुपमा र इमान्दारिताको हिसाबले पनि राजनीतिलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ । पूर्व अर्थसचिव खनाल नयाँ शक्ति पार्टी स्थापनाकालदेखि नै लागेका थिए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np