सप्तरीमा एमाले सभा सम्पन्न, पेट्रोल बम हान्न खोज्नेको मृत्यु

प्रकाशित मिति: Mar 6, 2017  

काठमाडौं, सप्तरीको राजविारजमा मधेसी मोर्चाले एमालेको सभालाई अनेक तरिकाले बाधा पार्न खोजे पनि एमालेको सभा भब्य रुपमा सम्पन्न भएको छ । बन्द, लाठि जुलुस जस्ता कार्यक्रम राखेर मोर्चाका कार्यकर्ताले एमाले सभालाई बिथोल्न खोजेका थिए । एमालेका अध्यक्ष ओली लगाएतका शिर्ष नेताहरुले सम्बोधन गरेर सम्पन्न भएको सभामा लगभग १० हजार मानिसहरुको सहभागिता रहेको जनाइएको छ । सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले दुई चार जनाले मधेषमा लाठि देखाउदैमा एमाले तराईबाट नभाग्ने बताएका थिए । ओलीले लाठि बोकेर एमालेको बिरोध गर्ने मोर्चाका कार्यकर्ताहरुलाई एमालेको सूर्य झण्डा बोक्न आग्रह गरेका थिए । कार्यक्रममा मैथिली भाषामा सम्बोधन गरेका एमालेका बरिष्ठ नेता माधब नेपालले एमाले तराईमा पहिलो पार्टी बन्ने बताएका थिए ।
यसैबिच एमालेको सभा सकिए लगत्तै मोर्चाका कार्यकर्ताहरुले एमालेको सभा स्थल र प्रहरी तर्फ पेट्रोल बम प्रहार गरेपछि प्रहरीको जवाफी फाएरमा एक जना युवाको निधन भएको जनाइएको छ । दिनभर एमालेको सभालाई बिथोल्न खोज्ने मोर्चाका कार्यकताहरुसंग प्रहरी संयमित भए पनि बम नै प्रहार गर्ने र प्रहरीको अश्रु ग्यांस तथा हवाई फाएर नसुनेपछि प्रहरीले गोली चलाएको पुर्व क्षेत्रीय प्रमुख डीआइजी रमेश भट्टराईले जनाएका छन् । मोर्चा कार्यकर्तासंगको झडपमा नेपाल प्रहरी र शसस्त्रका ३० जना प्रहरीहरु घाईते भएको जनाइएको छ । एमालेले झापाबाट शुरु गरेको मेची महाकालीको सप्तरीको कार्यक्रम दोश्रो दिनको कार्यक्रम हो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np