आयोवा राज्यका बोहराको एनआरएन अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी

प्रकाशित मिति: Mar 4, 2017  

आयोवा, बिगत लामो समयदेखि एनआरएन अभियानमा लागिरहेका आयोवा निवासी पुरोषत्तम बोहराले एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालमा रंहदा देखि नै राजनीति र समाजसेवामा सकृह रहंदै आएका बोहराले एनआरएन अमेरिका मार्फत आफुले अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने चाहना राखेर उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । एक दशक भन्दा लामो समयदेखि अमेरिकामा रहेर ब्यवसायमा सकृय रहेका बोहराले उपाध्यक्षमा पदमा आफु निर्बाचित भएमा मुख्यत दुई वटा कुरामा आफुलाई र संस्थालाई डोर्यानउने घोषणा समेत गरेका छन् । बोहराले उठाएका दुई बुंदा (1. NRNA USA लाई स्थानिय संस्था संग एकाकार गर्दै आम अमेरिकावासी नेपालीहरुको गौरवशाली संस्था बनाउन हरदम प्रयत्न गर्ने छु।
2. समृद्ध नेपाल हाम्रो सपना हो नेपाल दुख्दा हामीलाई दुख्छ दुख्नु पर्दछ।बिकास-निर्माण,लगानि र आपत-विपतमा नेपाली जनता संग काँधमा काँध होष्टेमा हैंसे गर्ने छु।)
अरुका भन्दा फरक देखिन्छन् । बोहराले एनआरएन अमेरिकाको आगामी निर्बाचनमा उपाध्यक्ष पदमा धेरै आकांक्षि देखिएको भए पनि आफु अमेरिकामा रहेका नेपालीहरुको मन जित्न सक्ने कुरामा बिश्वस्त रहेको बताएका छन् । बोहरा नेपालको नुवाकोटका स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np