बाथरोग बिशेषज्ञ डाक्टर गुप्ता नक्कली नभएको अदालतको ठहर

प्रकाशित मिति: Mar 3, 2017  

काठमाण्डौ, नक्कली डाक्टरको आरोपमा पक्राउ परेका बाथरोग बिशेषज्ञ डाक्टर अरुण कुमार गुप्ता सक्कली भएको अदालतले ठहर गरेको छ । गत असारमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले नक्कली कागजपत्र पेश गरेको आरोपमा पक्राउ गरेर मुद्धा दायर गरेको डाक्टर गुप्तालाई काठमाण्डौ जिल्ला अदालतले नक्कली नभएको ठहर गरेको हो । डाक्टर गुप्ताले पेश गरेको बिद्यालयको कागजपत्र कम्प्युटर सिस्टममा फेला नपेरकोले नक्कली भएको भन्ने आरोपमा प्रहरीले पक्राउ गरेपनि अदालतले डाक्टर गुप्ताले पेश गरेको बिद्यालयका सबै कागजपत्रमा कुनै कसुर नदेखिएको फैसला दिएको हो । काठमाण्डौ जिल्ला अदालतका न्यायधीस कृष्णराम कोईरालाको एकल ईजलासले आफु निर्दोष भएको ठहर गरेपछि डाक्टर गुप्ताले आफुमाथी ठुलो अन्याय भएकोले आज मात्र न्याय पाएको भन्दै भगवान्लाई धन्यबाद दिएका छन् । बाथरोगको क्षेत्रमा छोटो समयमा नै नेपालमा आफ्नो बिषेश पहिचान बनाउन सफल भईसकेका डाक्टर गुप्ताले आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यका साथ आफुमाथी ठुलो षडयन्त्र गरेर फसाउन खोजीएको बताएका छन् । नेपालका ठुला अस्पतालहरुमा कार्यरत रहेका गुप्ता बिभिन्न जिल्लाहरुमा पुगेर शिबीर सन्चालन गर्दै बाथरोग सम्बन्धी चेतना फैलाउंदै समेत आएका थिए । डाक्टर गुप्ताले आफुले अदालतबाट न्याए पनि आफ्नो मान हानी र भोगेको मानसिक पिडाको बारेमा आफु अदालत जाने बिचार समेत गरेको बताएका छन् । सिआइबीले नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा पक्राउ परेका ९ जना डाक्टर मध्ये जिल्ला अदालत काठमाण्डौबाट सफाई पाउने डाक्टर गुप्ता पहिलो हुन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np