को – को परे त कमल थापाले नियुक्त गरेका २७ पदाधिकारीमा ?

प्रकाशित मिति: Mar 3, 2017  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २७ पदाधिकारी मनोनित गरेका छन् ।

६ उपाध्यक्षमा दीपक बोहोरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय मनोनित भएका छन् । यस्तै ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा महामन्त्री मनोनित भएका छन् । चन्द पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादु चन्द र थापा सूर्यबहादुर थापाका छोरा हुन् ।

सहमहामन्त्री हेमजंग गुरुङ, निलकण्ठ काफ्ले, राम थापा, चन्द्रबहादुर गुरुङ छन् भने सहायक महामन्त्री वृजलाल यादव, कुन्ति शाही, मनोज प्रधान राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्रप्रसाद श्रेष्ठ मनोनित भएका छन् ।

प्रवक्तामा रोशन कार्की, सुशील श्रेष्ठ र भुवन पाठक मनोनित भएका छन् भने सहायक प्रवक्तामा मोहन श्रेष्ठ छन् ।

कोषाध्यक्ष उद्धव पौडेल र सहायक कोषाध्यक्षमा गिरीधर परियार मनोनित भए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np