लोकगायक बुढा पनि होमीए एनआरएन अमेरिकाको चुनावमा

प्रकाशित मिति: Feb 28, 2017  

न्यूयोर्क, नेपाली लोक तथा दोहोरी गितमा चर्चा कमाउन सफल भएका गायक सुमन बुढा एनआरएन अमेरिकाको चुनवा तिर होमीएका छन् । बिगत केहि बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका बुढा अबको केहि महिना भित्र हुने एनआरएन अमेरिकाको चुनावमा उपाध्यक्ष पदमा उम्मेदवार बनेर चुनावमा लागेका हुन् । नेपालको डोल्पामा जन्मेर पनि दोहोरी गितमार्फत धेरैको मन जित्दै चर्चा कमाउन सफल भएका बुढा हाल नेपाल अमेरिका कलाकार संघ अमेरिका अध्यक्ष समेत हुन् । पोईला जान पाम भन्नेलाई मैले लिन पाम् भन्ने दोहोरी मार्फत धेरै चर्चा कमाएका बुढा आफुले एनआरएन अमेरिका मार्फत लोक संगितका साथै समग्र कलकारीता क्षेत्रका हितमा काम गर्ने बताएका छन् । अमेरिकामा नेपाली कलाकारको संख्या धेरै भएकोले आफुले सबै कलाकारको प्रतिनिधित्व गर्दै एनआरएन अमेरिकामा काम गर्ने दाबी गरेका छन् । गायक बुढा हाल न्यूयोर्कमा रहेर बिभिन्न राज्यमा हुने स्टेज कार्यक्रममा भाग लिनुका साथै आफ्नै ब्यवसायमा सकृय छन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np