अहिलेका उपाध्यक्ष पोखरेलद्धारा अध्यक्षमा उम्मेदवारी घोषणा

प्रकाशित मिति: Feb 25, 2017  

ड्यालस (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन समय नजिक आउँदै गर्दा नेतृत्वका प्रत्याशी संख्या पनि बढ्दो छ । नेतृत्वका लागि हल्लाखल्ला नगरेपनि भित्री रुपमा व्यापक तयारी गर्दै रहेका वर्तमान कार्य समितिका उपाध्यक्ष राम सी पोखरेलले मंगलबारदेखि आफ्नो अभियानलाई तीब्रता दिएका छन् ।

‘म झण्डै दुई दशकदेखि अमेरिकामा छु, अमेरिकामा नेपालीहरु रहेका सबै ठाउँहरुमा मैले पुगेर सुखदुखको सहयात्री भएको छु । वर्तमान कार्यसमितिमा उपाध्यक्ष भएर काम गरिसकेको छु । तसर्थ नेतृत्वका लागि मैले दावी गर्दा साथीहरुले अन्यथा लिनुहुनेछैन,’ पोखरेलले भने ।

आफु पद ओगट्नका लागि अध्यक्षको उम्मेदवार हुन नखोजेको बताउँदै पोखरेलले यहाँ रहेका नेपाली समुदायको हितका लागि आफु अध्यक्षको दावेदार रहेको बताए । ‘यतिखेर अमेरिकामा रहेका धेरै साथीहरुले किन सदस्य हुने भनेर जिज्ञासा राखिरहनु भएको सन्दर्भमा यो संस्थाको सदस्यता लिनु गर्वको वातावरण बनाउने तर्फ मेरो ध्यान र योजना छ,’ पोखरेलले भने ।

पोखरेल टेक्सस राज्यको ड्यालसमा बस्छन् । स्थानीय सामाजीक संघसंस्था नेपाली समाज टेक्सस देखि लिएर लायन्स क्लबको नेतृत्व गरिसकेका उनी व्यबसायी पनि हुन् । ‘कतिपय आफ्ना भिजनहरु कार्यान्वयन गर्न नेतृत्वमै हुनुपर्ने रहेछ, मैले दुई वर्ष उपाध्यक्ष भएर भोगेको अनुभव भनेको नेतृत्व आफ्नो हातमा रहेको अवस्थामा आफ्ना भिजनहरुलाई व्यबहारमा उतार्न सजिलो हुनेरहेछ,’ उनले भने ।केहि दिन पहिले टेक्सासमा भएको एनआरएन अमेरिकाको साधरण सभालाई भब्य र ब्यवस्थीत रुपमा सम्पन्न गर्न सफल भएका पोखरेल एनआरएन अ‍ेमेरिकाको अहिलेको कार्य समितिमा थोरै बोल्ने र रिजल्टमा बिश्वास गर्ने ब्यक्तीमा गनिन्छन् ।

राजनीति, जातजातीका आधारमा बिभाजित अमेरिकाको नेपाली समाजलाई एकशुत्रमा गाँस्ने, एनआरएनलाई साँच्चै नेपालीको हितका लागि खोलिएको संस्था हो भनेर चिनाउने अभियान लिएर उनी उम्मेदवारीमा होमिएका छन् ।

‘मसँग गफ होइन, काम गर्ने एजेण्डा छन् । केही दिनमै ती एजेण्डाहरु लिपीवद्ध रुपमा सार्वजनि गर्दैछु,’ उनले भने । उनले आफु अमेरिकाको नेपाली समुदायका लागि दुई वर्ष पुरै खटेर काम गर्ने योजनासाथ अघि बढेको बताए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np