ट्रम्प राष्ट्रपति भएपछि ईमिग्रशेन कानुनमा के के कुरामा फरक पर्‍यो त? न्यूयोर्क टाईम्सको ब्याख्या ।

प्रकाशित मिति: Feb 25, 2017  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश र त्यसलाई कार्यान्वयनका लागि जारी निर्देशिकाबारे न्युयोर्क टाइम्सले ब्याख्या गरेको छ । व्याख्या गरिएको ट्रम्पको अध्यागमन नीतिबारेका केही महत्वपूर्ण पक्ष । कसलाई डिपोर्ट गरिनेछ ?

सन् २०१४ मा ओबामा प्रशासनले एउटा निर्देशिका जारी गर्दै गिरोहका सदस्य, अपराधी र सुरक्षाको दृष्टिकोणले खतरा कागजपत्रविहिन आप्रवासीलाई देशनिकालाको प्राथमिकतामा राख्ने जनाएको थियो । तर नयाँ निर्देशिका अनुशार अब कागजपत्रविहिनहरुलाई देशनिकालाका लागि कुनै प्राथमिकता छैन ।

देशनिकालाका लागि योग्य जो सुकै व्यक्ति पनि कानुन कार्यान्वयनमा पर्नसक्छ । अध्यागमन अधिकारीहरुले अब कुनै पनि अभियोग लागेको वा अपराधमा दोषी ठहरिएको व्यक्तिलाई पक्राउ गरेर देशनिकाला गर्न सक्छन् , चाहे ससानो अपराध नै किन नहोस् । यदि कुनै व्यक्तिले पहिले नै देशनिकालाको आदेश पाइसकेको छ भने उसले अपराध गरेको छ वा छैन भन्ने कुनै वास्ता विना नै देशनिकाला गर्नसक्नेछन् ।

ओबामा कार्यकालमा भने देशनिकालाको उच्च प्राथमिकतामा नपरेको बाहेक अरु व्यक्ति देशनिकालामा पर्ने सम्भावना शुन्यप्राय थियो ।

क्याच एण्ड रिलिज
ओबामा कार्यकालमा गैरकानुनी रुपमा सिमा पार गर्ने व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुले एसाइलमको आग्रह गर्दा त्यस्तो व्यक्तिलाई अमेरिकी भूभागमा नै रिहा गरिन्थ्यो । त्यसपछि अध्यागमन प्रणालीमा बर्षौपनि लाग्न सक्थ्यो । एसाइलमका लागि गरिएका अधिकांश अनुरोधहरु अस्वीकृत त हुन्थे तर व्यक्ति भने सधै अमेरिकामा नै बसिरहेको हुन्थ्यो भने उसलाई भेट्याउन पनि सजिलो थिएन ।

तर ट्रम्प प्रशासनले कथित क्याच एण्ड रिलिजको नीतिलाई अन्त्यको घोषणा गरेको छ । अध्यागमन निर्णय कुरेका बन्दीहरुलाई राख्ने स्थानको अभावका कारण क्याच एण्ड रिलिजको नीति कायम थियो । तर मंगलबार जारी निर्देशिकामा अधिकारीहरुलाई डिटेन्सन सेन्टरहरु बढाउन निर्देशन दिइएको छ । तर एसाइलम खोज्ने र कागजपत्रविहिन मेक्सिकनहरुलाई राख्ने सेन्टरहरु निर्माण गर्न वा जेलहरुमा प्रसस्त स्थान प्राप्त गर्न भने समय लाग्ने देखिन्छ ।

त्यस्तै निर्देशिकाले मेक्सिकन नभएपनि मेक्सिकोहुँदै छिर्नेलाई अध्यागमन प्रकृया पूरा नहुन्जेलका लागि मेक्सिको नै फिर्ता पठाएर अध्यागमन प्रकृया कुर्नुपर्ने अर्को विकल्प पनि उठाएको छ । यो प्रस्ताव भने आफैमा समस्यासहित आएको छ । किनभने अमेरिकी कानुनले यस्तो कुरा स्वीकारेपनि मेक्सिकोको कानुनले गैरमेक्सिकनलाई मेक्सिको फिर्ता लिने कुरा स्वीकार्दैन ।

न्यायाधिस नचाहिने

दुई दशक अगाडि अमेरिकी संसदले अमेरिका आएको धेरै समय नभएका कागजपत्रविहिनलाई न्यायाधिस समक्ष नलगिकनै शीघ्र देशनिकालाको प्रकृयामा लैजानसक्ने कानुन पारित गरेको थियो । व्यवहारत सरकयरले यो प्रकृयालाई तीब्र गतिको देशनिकाला भन्दै आएको थियो ।

सन् २००२ देखि तीब्र गतिको देशनिकाला त्यस्ता कागजपत्रविहिन व्यक्तिको लागिमात्र लागु गरिएको थियो जो अमेरिका आएको दुईसाता पुगेको छैन र सिमाक्षेत्रको एकसयमाइल आसपासमा पक्राउ परेका छन् । तर अब ट्रम्प प्रशासनले अहिले सुरुकै कानुनले अनुमति दिएअनुशार तीब्र गतिको देशनिकाला कार्यान्वनको योजना बनाएको छ ।

जस अनुशार दुईबर्षभन्दा कम अवधि भएको र अमेरिकाको जुनसुकै स्थानमा पक्राउ परेको कागजपत्रविहिनलाई तीब्र गतिको देशनिकालामा राख्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np