अमेरिका पुगेको सात बर्षपछि जगदिश समालले माग्न थाले माया

प्रकाशित मिति: Feb 17, 2017  

न्यूयोर्क, लोकप्रिय गायकको रुपमा छवी बनाउन सफल भएका गायक जगदिश समालले अमेरिका आएको सात बर्षपछि नयां गित देउन तिम्रो माया दर्शक सामु पस्किएका छन् । सात बर्ष देखि न्यूयोर्कमा रहेका समालले भ्यालेन्टाईन डेको अवसर पारेर देउ न तिम्रो मायाको म्यूजिक भिडियो समेत सार्वजानिक गरेका छन् । दावा शेर्पाको शब्द र संगीतमा रहेको गितको म्यूजिक भिडियो अमेरिकामै छांयाकन गरिएको हो । प्रशन्न पौडेलले निर्देशन गरेको भिडियोमा विवेक सिंह ठकुरी र प्राप्ती गिरीको अभिनय रहेको छ । नेपालमा रहंदा आधुनिक सुगम संगित र गजल गायनमा धेरैको मन जितेका समालले यो गित मार्फत दर्शकको मन फेरि पनि जित्ने अपेक्षा गरेका छन् । सालिन स्वभावका गायक समाल अमेरिका रहेता पनि आफु सदैव नेपाली श्रोता र संगित प्रेमीलाई नयां नयां गितहरु सुनाउने चाहना राख्ने बताउछन् । अमेरिकाका बिभिन्न कार्यक्रममा पुगेर स्टेज मार्फत गित सुनाउने गायक समाल न्यूयोर्कमा मालिंगो रेष्टुरेण्टमा गायिक गिता बिर्लाकोटीसंगै दर्शकलाई मनोरञ्जन दिने गर्दछन् । पहिले जस्तो एल्बम्को जमना भन्दा पनि म्यूजिक भिडियोका दर्शक बढिरहेकोले त्यहि समय अनुसार आफुले पनि यो भिडियो बजारमा ल्याएको बताउने समालले आगामी दिनमा चाडै नै एल्बम्को तयारी गरेको पनि बताएका छन् ।
“देउन तिम्रो माया…” (भिडियो)
“>

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np