आन्दोलन गरेको भन्दै आठ महिनादेखि भारतीय जेलमा ४३ नेपाली

प्रकाशित मिति: Feb 17, 2017  

भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन्। जलविद्युतको बाँध निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्ड अनुसार सुविधा पाउन आन्दोलन गरेका थिए । तलब, भत्ता, बिदा, ओभरटाइम सुविधालगायत माग राख्दै आन्दोलन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद (सीपीआईएम) को मजदुर संगठन सेल्ट्रल ट्रेड युनियन अफ इन्डिया (सीआइटियु) को नेतृत्वमा उनीहरुले गत मार्चदेखि हड्ताल गरेका थिए । हाइड्रोपावरमा काम गर्ने ४८ नेपाली मजदुर जेल चलान भएकोमा पाँच जना धरौटी बुझाएर छुटेका छन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np