इमिग्रेशनको छापामा अमेरिकाभरका ११ वटा राज्यबाट एकसातामै ६ सय पक्राउ

प्रकाशित मिति: Feb 14, 2017  

इमिग्रेशनको छापामा एकसातामा ६ सय जना पक्राउ परेको पुष्टी भएको छ । अमेरिकाभरका ११ वटा राज्यबाट कम्तीमा ६ सय जना पक्राउ परेको र पक्राउ परेकाहरुमध्ये ४० जना न्युयोर्क सिटीका रहेको न्युयोर्क टाइम्सले जनाएको छ ।

पक्राउ परेकाहरु कुनै न कुनै किसिमले अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको अधिकारीहरुको दावी छ । आफूहरु वालमार्टमा काम गर्नेको कागजात परिक्षण गर्न नजाने र कसलाई आफूहरुले खोजिरहेको भन्नेमा आफूहरु स्पष्ट रहेको अधिकारीहरुले बताएका छन् ।

इमिग्रेशनको छापामा लस एन्जलस क्षेत्रमा ६०० जना पक्राउ परेको जनाइएको छ । लस एन्जलसमा समातिएकाहरुमध्ये ३७ जनालाई शुक्रबार राती नै अमेरिकाबाट देशनिकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जनाएका छन् । थप दुईसय जना नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा पक्राउ परेका छन् ।

त्यस्तै २ सय जना इलिनोय, इन्डियाना, कन्सास, केन्टकी, मिजौरी र विसकन्सिनमा पक्राउ परेका छन् ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np