मेरिल्याण्डकी केमिलाले जितिन् नेपालमा हात्तिपाेलाे

प्रकाशित मिति: Jan 28, 2017  

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी केमिका भण्डारीले नेपालकाे चितवनमा अायाेजित प्रथम एयर डाइनास्टी कप हात्तीपोलो प्रतियोगिता जितेकी छिन् ।

प्रतियाेगितामा केमिकासँगै उनकाे टिमका सदस्यहरू अञ्जन पाण्डे र विनोद चौधरी उत्कृष्ट घाेषित खेलाडी घाेषित भएका थिए ।

फाइनलमा केमिकाकाे  ब्लु प्लानेटले  कुमकुम सेरामिक्सलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेकाे थियाे । प्रतियाेगितामा दुर्इ विदेशी र चार स्वदेशी समूह सहभागी थिए ।

भण्डारी अमेरिकाकाे वासिङ्टन डीसी महानगर क्षेत्रमा स्थापित नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टरनेसनलकी कोषाध्यक्ष पनि हुन् ।

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np