दिपक र छक्कापञ्जामाथि दाेहाेराे प्रहारः दाेषीमाथि कारबाही गर्न प्रहरी गुहार

प्रकाशित मिति: Jan 22, 2017  

नेपाली चलचित्रकै इतिहासमा सबैभन्दा बढी पैसा कमाएकाे भनेर बहुप्रचारित चलचित्र ‘छक्का पञ्जा’ र यसका निर्माता खासगरी दीपकराज गिरी र दीपा निराैलामाथि दाेहाेराे प्रहार सुरू भएकाे छ ।

एकातिर सुपर डुपर हिट भएकाे चलचित्रले नेपाली समाजलार्इ गलत सन्देश दिएकाे भनेर चलिचत्रकाे विषयवस्तुमाथि नै अाक्रमण भएकाे छ भने अर्काेतिर चलिचत्रका निर्माताहरूमाथि अाराेपित सुवेदीलार्इ अात्महत्या गर्न बाध्य पारेकाे अाराेप पनि लागेकाे छ ।

खासगरी सामाजिक सञ्जालमा यी दर्इ प्रश्नहरू उठेपछि एउटा प्रश्नकाे समाधानका लागि चलचित्रका निर्मातासमेत रहेका कलाकार दीपकराज गिरी उजुरी लिएर प्रहरीकाेमा पुगेका छन् । दीपा र छक्कापञ्जालार्इ लिएर युराेप भ्रमणमा निस्केका उनी अाफ्नाे भ्रमण नै छाेट्याएर नेपाल फर्केपछि प्रहरीकाेमा गएका हुन् ।

गौशालास्थित प्रहरी परिसरमा  दर्ता गरिएकाे उजुरीमा सामाजिक सञ्जालमा अाएका क्रिया प्रतिक्रियाले आफ्नो सामाजिक प्रतिष्ठा गिराउने काम भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरियाेस् भनिएकाे छ ।  ‘छक्का पञ्जा’ पाइरेसीसम्बन्धी विषयलाई जोडी म र मेरो टिमको धम्कीको कारणले ज्यान गएको भन्ने आरोप लगाई पटकपटक विभिन्न स्थानमा हाम्रो सामाजिक प्रतिष्ठा गिराउने काम भएको भन्दै उनले दोषीउपर कानुनी कारबाहीकाे माग पनि गरेका छन् ।

दिपकले एउटा चर्चाकाे समाधानका लागि  प्रहरीकाे सहारा लिए पनि अर्काे चर्चाकाे भने जवाफ दिएका छैनन् । उनीमाथि पैसा कमाउनका लागि नेपाली समाजलार्इ नै गलत दिशानिर्देश गर्ने चलचित्र बनाएकाे अाराेप छ । कतिपय महिला अधिकारवादीहरूले त चलचित्रले नारी अस्मितामाथि नै धावा बाेलेकाे भनेर चर्काे अालाेचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np