झापाले चकनाचुर पारी दियाे अमेरिकी नेपाली टीम एएनएकाे सपना

प्रकाशित मिति: Jan 20, 2017  

नेपालकाे पाेखरामा जारी जारी आहा-रारा गोल्डकप फुटबल प्रतियाेगिताको प्रि-क्वार्टर फाइनल खेलमा अमेरिका बसोबास गर्ने नेपालीको टिम एएनए यूएसएकाे सपना झापाले चकनाचुर पारिदिएकाे छ ।

अाफ्नाे मातृभूमीमा नेपालमा फुटबल खेल्ने उनीहरूकाे सपना साकार भए पनि एएनए युएसए एक जिल्लास्तरीय क्लवसँग पराजित भएकाे हाे ।

पोखरा रंगशालामा भएको खेलमा एएनए युएसए ४-१ ले पराजित भएकाे हाे ।  झापा ११ काे जीतमा कर्ण लिम्बुले ह्याट्रिक गरे भने चाैथाे गाेल बुद्ध चेम्जोङले गरेका थिए ।

पहिलो हाफसम्म २-० ले पछि परेको एएनए युएसए टोली दोस्रो हाफमा थप दुई गाेल खान पुगेको थियो। एएनए युएसएका लागि शिशीर विश्वकर्माले शान्तवना गोल फर्काएका थिए।

एएनए युएस टाेली लिएर सहभागी हुन पुगेका एएनए अध्यक्ष प्रा. मेदिनी अधिकारी झापा निवासी हुन् । खेल हेर्न मैदान पुगेका अधकारी अाफ्नाे टीमका लागि जीतकाे कामना गरे पनि अाफ्नाे जन्मभूमी झापाकाे पराजयकाे कामना पनि गर्न सक्दैन । यस्तै द्विविधाबीच खेल मैदान छिरेका उनकाे एएनए टीमकाे सपना अाफ्नै जन्मभूमी जिल्लाकाे टीमले चकनाचुर पारिदिएकाे थियाे ।

याे हारसँगै एएनए युएसएकाे क्वार्टरफाइनलमा पुग्ने अघिल्लाे यात्रा पनि टुंगिएकाे छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np