म्याडाेनाकाे अवार्ड हैन, प्रवचन बाेल्ड !

प्रकाशित मिति: Dec 17, 2016  

अमेरिकी पप गायिका म्याडोनाले यस वर्षकाे  ‘वुमन अफ द इयर’ को उपाधि जितेकी छिन् । अमेरिकी  संगीत म्यागाजिन  बिलबोर्डले प्रदान गरेकाे अवार्ड स्विकार गरेको जनाउँदै म्याडाेनाले ‘बिलबोर्ड वुमेन इन म्युजिक २०१६’ मा एक मार्मिक प्रवचन दिइन् ।

उनकाे त्याे प्रवचन यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेकाे छ । संगीत क्षेत्रका हस्तीहरू नै उनलार्इ बाेल्ड म्याडाेना भनेर प्रशंसा गरेर थाकेका छैनन् ।

‘लिभिङ फर लभ’ फेमकी गायिका म्याडाेनाले बिलबोर्डको कार्यक्रममा निकै भावुक र हृदयस्पर्शी भएर भनिन्, ‘तपाईंहरूसामु म डोरम्याटजस्तै गरी उपस्थित भएकी छु । ए ∕ मेरो मतलब, महिला इन्टरटेनरजस्तै गरी । ३४ वर्षसम्म मेरो क्षमतामाथि विश्वास गरिदिनुभएकोमा धन्यवाद ।’

महिलाभन्दा पुरुष आर्टिस्टलाई बढी स्वतन्त्रता भएकाे बताउँदै म्याडाेनाले भनिन्,  ‘मैले गरेको सबैभन्दा विवादास्पद कुरा भनेकै अहिलेसम्म म बाँचिरहेकी छु । माइकल ज्याक्सन, टुप्याक, प्रिन्स, हीट्नी, एमी वाइनहाउस, डेभिव बोइवी सबै गइसके । मचाहिँ अझैं यहाँ उभिरहेकी छु ।’

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np