अमेरिकामा नेपाल खाेज्दै संगीता !

प्रकाशित मिति: Dec 11, 2016  

न्यूयोर्ककाे नेपाली डायस्पाेराकी एक चर्चित गायिका संगिता थापा मगर राष्ट्रभक्तिकाे गीत लिएर स्राेतामाझ अाएकी छिन् । हाल कोरियामा बस्दै आएका सिपी मगरसँग मिलेर उनले म त नेपाली मेरो देश नेपाल शीर्षककाे सांगीतिक काेसेली प्रस्तुत गरेकी हुन् ।

लाेकगायिकाका रूपमा स्थापित थापा मगरले ट्रयाक फेरेर राष्ट्रभक्तिकाे गीत लिएर अाउनुकाे कारणबारे बताउँदै यसलार्इ समयकाे माग भनेकी छिन् । उनी भन्छिन्, यतिबेला नेपालीमा देशलार्इ के दिनेभन्दा पनि देशबाट के लिने भन्ने हाेडबाजी चलिरहेकाे छ । मलार्इ लाग्छ, त्याे ठीक हैन । त्यसैले मैले त्याे ठीक हैन भन्ने सन्देशका साथ राष्ट्रभक्तिकाे गीत लिएर अाएकी हुँ ।

उनकाे गीतमा बिदेशमा भाेगाइ र बिदेशमा बस्नेहरुले देशलाई गरेको मायालाई समेटिएकाे छ ।

गीतका लागि बनाइएकाे म्युजिक भिडियाेमा  गायिका थापा अाफैंले अभिनय पनि गरेकी छिन् । भिडियाे मगर् क्रियसेनले निर्माण गरेकाे हाे ।

म्युजिक भिडियाेमा सुन्दरी गायिका थापा मगर जमेकी छिन् । उनी भन्छिन्, दर्शकहरुको माया पाएमा आगामी दिनमा लोकगितका साथै राष्ट्रिय गितहरुलाई पनि निरन्तरता दिनेछु ।

लाेक सांगीतिक फाँटकी स्थापित गायिका थापा मगरका स्वरमा दुर्इ दर्जनभन्दा बढी गीतहरू नेपाली संगीत क्षेत्रले पाइसकेकाे छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np