कसे सुधांशु र उषाले लगनगाँठाे

प्रकाशित मिति: Nov 28, 2016  

कुनै समय नेपाली रजतपटमा देखिएका कलाकारद्वय सुधांशु जोशी र उषा पौडेलले लगनगाँठाे कसेका छन् ।

उनीहरूबीच अमेरिकाकाे मेरिल्याण्ड राज्यस्थित बाल्टिमाेरकाे जैन हिन्दू मन्दिरमा हिन्दु परम्पराअनुसार विवाह भएकाे हाे ।

रिलमा हैन रियलमै दाेस्राेपटक बेहुला भएका सुधांशुले यसपटक उषा पाैडेललार्इ बेहुली बनाएका हुन् । उनकाे मेरिना पराजुलीसँग भएकाे पहिलाे विवाह पारपाचुकेमा टुंगिएकाे थियाे ।

बाल्टिमाेरमा रहेका पुराना नेपाली कलाकारहरूलार्इ साक्षी राखेर गरिएकाे याे विवाहका लागि उनीहरूले अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थांक्स गिभिंग डे ) राेजेका थिए ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np