मन्त्रिपरिषद् बैठक जारी, प्रदेश प्रमुख तोक्ने टुंगो छैन उच्च अदालत भएकै ठाउँमा अस्थायी मुकाम तोक्ने तयारी

प्रकाशित मिति: Jan 12, 2018  

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ। केहीबेरअघि सुरु भएको बैठकले उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने तयारी छ।

उच्च अदालतहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र दीपायलमा राखिएका छन्।

आजैको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख पनि तोक्ने बताइएको थियो। तर नाम टुंगो लाग्न नसकेकाले आजैको मन्त्रिपरिषद्ले प्रदेश प्रमुख तोक्नेबारे टुंगो नभएको बालुवाटार स्रोतले बतायो।

 साभार-सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np