सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी पक्राउ

प्रकाशित मिति: Jan 8, 2018  

२४ पुस, काठमाडौं ।

सर्बोच्च अदालतको आदेश पछि प्रहरीले आजै अनसनरत डाक्टर गोबिन्द केसीलाई अनसन स्थलबाटै पक्राउ गरेको छ । सर्बोच्च अदालतका न्यायधिस डम्बरबहादुर शाहिको इजलासले आजै डाक्टर केसीलाई भोलि बिहान अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । डाक्टर केसीले अनसन शुरु गर्दा दिएको बिज्ञप्तीमा अदालतको मानहानी भएकोले उनलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो । डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४/९/२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।

’डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाश शाहीको पनि आलोचना गरेका थिए ।लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए । न्यायाधीश शाहीकै इजलासले डा. केसीलाई पक्राउ गर्न आदेश दिएको छ ।साथै निवेदनलाई फौजदारी दायरीमा दर्ता गर्न भनेको छ ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np