भक्तपुरमा फेरी अर्को शव भेटियो

प्रकाशित मिति: Nov 9, 2017  

भक्तपुर नगरपालिका–१० नपली सिर्जनानगरमा आज एक पुरुषको शव भेटिएको छ ।

नयाँ बन्दैै गएको आफ्नै चारतले घरको चौथो तलामा झुण्डिएको अवस्थामा ४७ वर्षीय राजकुमार जोशीको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान शुरु गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np