उपाध्यक्षमा जीसीको उम्मेदवारी दर्ता, उपाध्यक्षका अर्का प्रतिष्प्रधी भाटको पनि समर्थन

प्रकाशित मिति: Oct 15, 2017  

एनआरएनए आईसीसीमा उपाध्यक्ष पदका लागि खगेन्द्र जीसीले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएका छन् । जीसीले आज निर्धारित समय सुरुहुनासाथ एनआरएनएको निर्वाचन आयोग समक्ष उम्मेदवारी दर्ता गराएका हुन् । जिसीको उम्मेदवारीलाई जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट प्रस्तावक र जनसम्पर्क समिति कतारका निर्बतमान सभापति बिमल सूबेदीले समर्थन गरेर दर्ता गरिएको छ । जीसीलाई कतारबाट उपाध्यक्षमा प्रतिष्प्रधा गर्न लागेका नरेन्द्र भाटले पनि समर्थन गरेका छन् । भाटको समर्थन र जीसी प्रति देखिएको लहरले जीसीको जित निश्चीत जस्तै देखिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज दिउसो ३ बजेदेखि भोलिविहान ८ बजेसम्मको समय तोकेको छ ।

नेपाल सरकारका लागि विश्भरबाट एकमात्र एनआरएन सल्लाहकार रहेका जीसी एनआरएन आईसीसीको नागरिकताको निरन्तरतासम्बन्धि टास्कफोर्सका को चेयर हुन् । सन् २०१४ मा जीसी एनआरएन अमेरिकाको अध्यक्षमा निर्वाचित समेत भएका थिए । अमेरिकामा वकालत गर्ने पहिलो नेपाली वकिल जीसी लामो समयदेखि सामाजिक सेवामा लागिपरेका छन् ।

काठमाडौंमा जारी एनआरएनको आठौं ग्लोबल सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । भोलि विहान साढे ९ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । साढे ९ बजेदेखि साढे १० बजेसम्म उम्मेदवारको मनोनयन उपर दावी विरोध गर्न सकिनेछ । उम्मेदवारी फिर्ता लिने समय र छानविनको लागि भोलि विहान साढे ११ बजेसम्मको समय तोकिएको छ । भोलि दिउसो १२ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।

त्यसपछि भोलि दिउसो १ बजेदेखि ६ बजेसम्म मदतान हुनेछ । मतदान सम्पन्न भएको १ घण्टापछि मतगणना गरिनेछ र भोलि बेलुका ८ बजे मतपरिणाम घोषणा गरिनेछ ।

 

 

 

तपाईको प्रतिक्रिया

तपाईंको प्रतिकृया जनाउनुहोस्

सर्वाधिकार © 2017 नेपाल युएसए मिडिया इन्क. मा । Website Design By: www.ekumar.com.np